यस्तो छ स्थानीय तहको प्रशासनिक वर्गीकरण, हेर्नुस् तपाईँको क्षेत्र कुन बर्गमा पर्‍यो

काठमाडाैँ । सरकारले स्थानीय तहलाई बर्गीकरण गरेको छ । जिल्लागत प्रशासनिक पुनरावलोकन गरी सरकारले स्थानीय तहको प्रारम्भिक प्रशासनिक वर्गीकरण गरेको हो ।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले बिहिबार सार्वजनिक गरेको विवरण अनुनसार स्थानीय तहलाई क, ख, ग र घ गरी चार वर्गमा विभाजन गरिएको छ । ‘क’ वर्गलाई अतिदुर्गम, ‘ख’ वर्गलाई दुर्गम, ‘ग’ वर्गलाई मध्यम र ‘घ’ वर्गलाई सुगम स्थानीय तहको संज्ञा दिइएको छ ।

स्थानीय तहको वर्गीकरण कर्मचारीको व्यवस्थापन, सेवा सुविधा र वृत्ति विकासका साथै पूर्वाधार तथा सामाजिक विकासमा समेत उपयोगी हुने बताइएको छ ।

के के हुन् बर्गीकरणको आधार

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका अनुसार बर्गीकरणमा यातायातको सुविधा (सडक तथा हवाइ यातायातको गुणस्तर र नियमितता), प्रदेश राजधानीदेखिको दूरी, जिल्ला सदरमुकामदेखिको दूरी लगाएतका विषयलाई आधार बनाईएको छ । त्यस्तै स्थानीय तहमा उपलब्ध शिक्षा, स्वास्थ्य सेवा, दूरसञ्चारको सेवा, विद्युत् सेवाको पहुँच र नियमितता, मानव विकास सूचकांक, भौगोलिक अवस्थिति र स्थानीय तहको स्तर समेतको आधारमा सूचक निर्धारण गरी प्रारम्भीक विवरण तयार गरिएको मन्त्रालयले जनाएको छ ।

कुन स्थानीय तह कुन वर्गमा ? हेर्नुस् सूची

Leave a Reply

Your email address will not be published. Required fields are marked *