बर्दिवास । भोजपुरी संगीत पारखीहरूका लागि नयाँ म्युजिक भिडियो ‘दे दन प्यार गोरी’ सार्वजनिक भएको छ । यस भिडियोमा सागर लम्साल (बले) र शिल्पा पोखरेलको…

पाल्पाको रम्भा गाउँपालिका १ हुँगीमा ग्लोवलको शाखारहित बैंकिङ्ग सेवा सुरु
पाल्पा ।
पाल्पाको रम्भा गाउँपालिका १ हुँगीमा ग्लोवल आईएमई बैंकको शाखारहित बैंकिङ्ग सेवाको उद्घाटन भएको छ । ग्रामीण क्षेत्रका सबै जनतालाई बैंकको पहँुचमा ल्याउन रम्भा गाउँपालिका १ हुँगीको पन्टारमा शाखारहित बैंकिङ्ग सेवाको सुरुवात गरिएको हो।
बृहत कार्यक्रमको आयोजना गरि ग्लोवल आईएमई बैंक पाल्पा शाखाले आर्थिक हिसाबले प्रचुर सम्भावना बोकेको रम्भा गाउँपालिका १ हुँगीमा ११५ औं शाखा रहित बैंकिङ्ग सेवा सञ्चालनमा ल्याएको छ ।
उद्घाटन कार्यक्रमका प्रमुख अतिथि रम्भा गाउँपालिका अध्यक्ष विष्णु प्रसाद भण्डारीले आर्थिक रुपमा बृहत सम्भावना बोकेको रम्भा गाउँपालिकामा ग्लोवल आईएमई बैंकको शाखारहित बैंकिङ्ग सेवाको उद्घाटन हुनु समग्र गाउँपालिकाका जनता आर्थिक समृद्धितर्फ उन्मुख हुँर्दै गएको संकेत भएको बताउनुभयो । अध्यक्ष भण्डारीले गाउँमा आएर बैंक स्थापना हुनु भनेको सुखद पक्ष भएको बताउँर्दै जनतालाई सेवा दिने सवालमा कुनै कदम बाँकी नराख्न शाखालाई आग्रह गर्नुभयो । उहाँले ग्लोवलले यस क्षेत्रमा विस्तार गरेको बैकिङ्ग सेवाले जनतालाई बचत गर्नुपर्छ भन्ने भवनाको विकास गर्न थप टेवा पु्याउने बताउनुभयो ।
कार्यक्रमका विशिष्ट अथिथि ग्लोवल आईएमई बैंक पाल्पा शाखाका शाखा प्रबन्धक मनोज शर्माले पाल्पा सदरमुकाम तानसेनबाट प्रदान गर्र्दै आएको सेवालाई स्थानिय तहमा विस्तार गरी जनतालाई वित्तिय सेवा दिन पाउनु सुखद पक्ष भएको बताउनुभयो । शाखाका प्रमुख शर्माले शाखारहित बैकिङ्ग सेवाको फाईदाहरु ,यसको प्रयोग , ग्राहकलाई हुने फाईदा ,शाखारहित बैकिङ्ग सेवाको लक्ष्य पुरा गरेपछि प्राप्त हुने थपसेवा सुविधा , बैंकको महत्व ,लगायतका बारेमा प्रेरेणामुलक जानकारी दिनुभएको थियो ।
यस्तै गाउँकार्यपालिका सदस्य लक्ष्मी माझीले गाउँघरमा आएको ग्लोवल आईएमई बैंकको सेवालाई उच्चतम र प्रभावकारी प्रयोग गर्न सुझाव दिनुभयो ।
कार्यक्रमका अध्यक्ष रम्भा गाउँपालिका १ हुँगीका वडाअध्यक्ष कृष्ण प्रसाद रेग्मीले जनतलाई घरआँगन.र दैलोमा सहज बैंकिङ्ग सेवा दिएकोमा ग्लोवल आईएमई बैंक लिमिटेडलाई धन्यवाद दिनुभयो ।
रम्भा गाउँपालिका १ हुँगीका शाखारहित बैंकिङ्ग सेवाका प्रतिनिधि चर्तुभुज ढकालले पुर्वी पाल्पा सहित गण्डकी प्रदेशको स्याङ्गजा सम्मका जनताको सहज एवं प्रभावकारी पहुँचमा शाखालाई लैजाने प्रतिबद्धत्ता ब्यक्त गर्नुभयो ।
प्रतिनिधि भण्डारीले ग्राहाकबाट कुनै पनि गुनासो आउँन नदिने गरि सेवा प्रवाहा गर्ने बताउनुभयो ।
कार्यक्रममा ग्लोवल आईएमई पाल्पा शाखाका अपरेशन इन्चार्ज प्रविन देव पन्त ,जविन मुन्नकर्मी ,स्थानिय समाजसेवि अर्जुनदेव पन्त ,राम प्रसाद ढकाल ,जनकल्यण माविका हुँगीका प्रअ लगायतले शुभकामना दिनुभएको थियो । कार्यत्रम पत्रकार सुनिल कार्कीको सञ्चालनमा चलेको थियो ।