कालीकोटमा भीषण आगलागी, ८७ घर जलेर नष्ट (अपडेट)

कालीकोट । कालीकोट जिल्लाको पलाता गाउँपालिका–१ खाडा गाउँमा आइतबार मध्य रातिदेखि भएको आगलागीबाट ठूलो धनजनको क्षति भएको छ । न्यौपाने बस्तीमा भएको आगलागीमा परी अहिलेसम्म ८७ घर जलेर नष्ट भएका छन् भने दर्जनौं मानिसहरु घाइते भएका छन् । आगलागीबाट दर्जनौं पशु चौपाया मरेका छन् ।

इलाका प्रहरी कार्यालय थिर्पु र पचालझरना गाउँपालिकाको जारकोट इलाका प्रहरी चौकीबाट त्यहाँ प्रहरी खटाइएको प्रमुख जिल्ला अधिकारी चन्द्रबहादुर कार्कीले जानकारी दिए ।

गए रातिनै पलाता गाउँपालिकाको निर्माण कार्यदल त्यहाँ पुगेको थियो । सुख्खा क्षेत्र भएको र फुसको छाना भएको बस्तीमा आगलागी हुँदा आगो नियन्त्रण बाहिर गएको पलाता गाउँपालिकाका अध्यक्ष लक्ष्मण बमले बताए ।

जिल्ला सदरमुकामबाट ३२ कोषको दूरीमा पर्ने उक्त बस्तीमा सदरमुकामबाट पीडितलाई उद्धार गर्न सशस्त्र प्रहरी पनि खठाइएको छ । आगलागीको कारण खुल्न सकेको छैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *