काठमाडाैँका हलहरूमा ई–टिकेटिङ/बक्स अफिस प्रणाली लागू

काठमाडौँ ।  सरकारले फिल्म क्षेत्रमा आजदेखि ई–टिकेटिङ÷बक्स अफिस प्रणाली लागू गरेको छ । चलचित्र विकास बोर्डमा आज आयोजित एक कार्यक्रममा सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले विगत लामो समयदेखि माग गरिँदै आएको बक्स अफिसको शुभारम्भ गर्नुभएको हो ।

सो अवसरमा सञ्चारमन्त्री बाँस्कोटाले फिल्म क्षेत्रमा भएको लगानीलाई सुरक्षित एवं प्रवद्र्धन गर्दै पारदर्शिताका लागि बक्स अफिस शुरु भएको बताउनुभयो । बक्स आफिस लागू भएसँगै कलाकारिता क्षेत्रको प्रवद्र्धनमा सहयोग पुग्ने बताउँदै उहाँले राज्यले राजश्व प्राप्त गर्ने विश्वास व्यक्त गर्नुभयो ।

सञ्चारमन्त्री बाँस्कोटाले ‘क्लिन फिड’ लागू गर्ने उल्लेख गर्दै मन्त्री बाँस्कोटाले श्रमजीवी पत्रकारको तलब बैंकमार्फत दिलाउने व्यवस्था गर्ने तयारी भइरहेको बताउनुभयो । उहाँले पत्रकार कल्याणकारी कोषलाई रु एक करोडबाट रु तीन करोड पु¥याउने जानकारी दिनुभयो ।

देशका सबै भू–भाग फिल्म छायांकनका लागि उपयुक्त भएको भन्दै मन्त्री बाँस्कोटाले देशका सबै क्षेत्रलाई छायांकनका लागि सुन्दर स्थान छन् भन्ने सकारात्मक सन्देश प्रवाह गर्नुपर्नेमा जोड दिनुभयो ।

सम्भ्रान्त र पूँजीपतिका कथाभन्दा जनआन्दोलनका नायक तथा राष्ट्रिय गौरवका विषयमा फिल्म बन्नुपर्नेमा बताउँदै उहाँले सम्बन्धित पक्षले त्यस्ता विषयमा ध्यान दिन आग्रह गर्नुभयो ।

चलचित्र विकास बोर्डका सदस्यसचिव महेन्द्रप्रसाद साँखीले बक्स अफिसको लागू हुनु ऐतिहासिक काम भएको भन्दै यसलाई सही तबरले कार्यान्वयन गर्न बोर्ड प्रतिबद्ध रहेको बताउनुभयो ।

आजदेखि उपत्यकाका सबै हलमा लागू भएको हो भने उपत्यका बाहिरका हलमा माघ १ गतेदेखि लागू हुनेछ । उक्त प्रणाली जडान भएपछि प्रत्येक सिंगल र मल्टिप्लेक्स हलका सबै तथ्यांक एउटै सर्भर र सफ्टवेयरमा आउँछ । यसो हुँदा निर्माताले आफ्नो फिल्मको कलेक्सन जुनसुकै बेला एकै ठाउँबाट हेर्न भएका छन् । ‘बक्स अफिस’ सर्भरको पहुँच चलचित्र विकास बोर्ड, निर्माता, हल सञ्चालक, वितरक र कर कार्यालयमा हुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *