एन आई सी एशिया बैंकद्वारा बाढी प्रभावितको राहतका लागि २ करोड २१ लाख सहयोग

काठमाडौं। एन आई सी एशिया बैंक लिमिटेडले भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित नागरिकको उद्धार र राहतका लागि प्रधानमन्त्री दैवी प्रकोप राहत उद्धार कोषमा २ करोड २१ लाख रुपैयाँ आर्थिक सहयोग गरेको छ।

बैंकका अध्यक्ष अशोक कुमार अग्रवाल र प्रमुख कार्यकारी अधिकृत सुजित कुमार शाक्यले संयुक्त रुपमा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई बिहीबार उक्त रकम बराबरको चेक हस्तान्तरण गरेका हुन्।

बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत २ करोड रुपैयाँ र बैंकका सञ्चालक तथा कर्मचारीहरुबाट संकलन गरिएको २१ लाख रुपैयाँ गरी कुल २ करोड २१ लाख रुपैयाँ कोषमा जम्मा गरेको हो।

भदौ १० गते बिहान भोटेकोशी नदीमा आएको अकल्पनीय बाढीका कारण रसुवा, नुवाकोट र धादिङलगायतका क्षेत्रमा ठूलो जनधनको क्षति भएको छ। सोही विपद्मा परेका नागरिकहरुलाई तत्काल राहत उपलब्ध गराउन र उद्धार कार्यमा सघाउन बैंकले यो रकम सरकारलाई उपलब्ध गराएको जनाएको छ।

बाढीका कारण भएको मानवीय तथा भौतिक क्षतिप्रति गहिरो दुःख व्यक्त गर्दै बैंकले ज्यान गुमाउनेहरुप्रति श्रद्धाञ्जली अर्पण गरेको छ। साथै, हालसम्म सम्पर्कविहीन रहेका नागरिकहरुको सकुशल उद्धार र घाइतेहरुको शीघ्र स्वास्थ्य लाभको कामना समेत बैंकले गरेको छ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *