एन आई सी एशिया बैंकद्वारा सुर्खेतको विद्यालयलाई खानेपानी सहयोग

काठमाडाैं । एन आई सी एशिया बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत सुर्खेतको एक विद्यालयलाई खानेपानी व्यवस्थापनका लागि सहयोग प्रदान गरेको छ।

बैंकले वीरेन्द्रनगर–१ धारापानीस्थित श्रपी नेपाल राष्ट्रिय प्राथमिक विद्यालयमा पानी ट्यांकी तथा मोटर जडान गरी हस्तान्तरण गरेको हो। विद्यालयमा स्वच्छ खानेपानीको व्यवस्था सहज बनाउने तथा स्वास्थ्य र शैक्षिक वातावरण सुधार गर्ने उद्देश्यले उक्त सहयोग गरिएको बैंकले जनाएको छ।

१६७ भन्दा बढी विद्यार्थी अध्ययनरत रहेको विद्यालयमा आयोजित कार्यक्रममा बैंकका कर्णाली सर्कल हेड जीवन शाहीले विद्यालय व्यवस्थापन समितिकी अध्यक्ष सुशिला सुनारलाई पानी ट्यांकी तथा मोटर हस्तान्तरण गरेका थिए।

कार्यक्रममा वीरेन्द्रनगर नगरपालिका वडा नम्बर १ का वडा अध्यक्ष दिनेश खत्री, विद्यालय व्यवस्थापन समितिका प्रतिनिधि, शिक्षक–शिक्षिका, विद्यार्थी तथा बैंकका कर्मचारीहरुको उपस्थिति रहेको थियो।

बैंकका अनुसार उक्त सहयोगले विद्यालयमा स्वच्छ खानेपानी व्यवस्थापन अझ प्रभावकारी हुनुका साथै विद्यार्थी र शिक्षकहरुको स्वास्थ्य तथा शैक्षिक वातावरणमा सकारात्मक प्रभाव पर्ने विश्वास लिइएको छ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *