What To Know नेपाली चलचित्र क्षेत्रका महानायक राजेश हमालको जीवन, अभिनय, व्यक्तित्व र बोली दशकौंदेखि लाखौं दर्शकको मनमा बसेको छ। उनी एक सफल कलाकार मात्र…
एनआईसी एशिया बैंकद्वारा विद्यालयलाई खानेपानी ट्यांकी र पम्प प्रदान
कैलाली । एन आई सी एशिया बैंक ले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत गोदावरी नगरपालिका–५, कैलालीस्थित श्री सरस्वती माध्यमिक विद्यालय लाई खानेपानी ट्यांकी र पम्प प्रदान गरेकाे छ।
बैंकले विद्यार्थीलाई स्वच्छ खानेपानी उपलब्ध गराउने उद्देश्यले फिल्टरसहितको खानेपानी ट्यांकी र पम्प सहयोग गरेको जनाएको छ। वैशाख १६ गते आयोजित कार्यक्रममा बैंकका सर्कल हेड (धनगढी) दिपक विष्टले विद्यालयका प्रधानाध्यापक योगेन्द्र राज ओझालाई उक्त सामग्री हस्तान्तरण गरेका थिए।
बैंकका अनुसार यस सहयोगबाट विद्यालयमा स्वच्छ खानेपानीको सुविधा विस्तार हुनुका साथै विद्यार्थीको स्वास्थ्य र शैक्षिक वातावरणमा सकारात्मक प्रभाव पर्ने अपेक्षा गरिएको छ।






