What To Know नेपाली चलचित्र क्षेत्रका महानायक राजेश हमालको जीवन, अभिनय, व्यक्तित्व र बोली दशकौंदेखि लाखौं दर्शकको मनमा बसेको छ। उनी एक सफल कलाकार मात्र…
थापाथली क्षेत्रमा सुरक्षाकर्मीको माइकिङ, सुकुम्बासी बस्ती उधिन्न बालेनकाे डाेजर र पुलिसकाे डन्डा रेडी
काठमाडौँ । काठमाडौँको थापाथली क्षेत्रमा रहेका अतिक्रमित घरटहराहरूबाट अन्यत्र सर्न सुरक्षाकर्मीले आज माइकिङ गरी सबैलाई अनुरोध गरेको छ ।
नेपाल प्रहरी, सशस्त्र प्रहरी र महानगरीय प्रहरीको संयुक्त टोलीले आज सार्वजनिक सूचना जारी गर्दै वैशाख १२ गतेदेखि खाली गरिने भएकाले त्यसअघि नै बस्ती खाली गर्न अनुरोध गरेको हो ।
माइकिङमार्फत अनुरोध गरिएको छ, “वैशाख १२ गते बिहान ६ः०० बजेदेखि घरटहरा भत्काउने र अतिक्रममित जग्गा पूर्ण खाली गर्ने कार्य सुरु गरिने र त्यस कार्यमा अवरोध गरेमा कानुनअनुसार कारबाही हुनेछ ।”
नेपाल सरकारले वास्तविक भूमिहीनको लगत लिई आवश्यक कार्य तत्काल सुरु हुने सूचनामा भनिएको छ । त्यसमा बस्ने अपाङ्गता भएका, बालबालिका, सुत्केरी, वृद्धवृद्धा र बिरामीलाई प्राथमिकता दिई सुरक्षित रूपमा सार्न अनुरोध गरिएको छ । त्यसका लागि सुरक्षाकर्मीको सहयोग चाहिएमा सहयोग माग्न अनुरोध पनि गरिएको छ ।






