एन आई सी एशिया बैंकको सम्पत्ति लिलामबारे जानकारी अनलाइनमा

काठमाडौं । एन आई सी एशिया बैंक लिमिटेडले आफ्ना विभिन्न सम्पत्तिहरूको लिलाम बिक्री सम्बन्धी विस्तृत जानकारी अनलाइन पोर्टलमा सार्वजनिक गरेको छ।

बैंकका अनुसार, उक्त पोर्टलमा बैंकिङ्ग सम्पत्ति, गैर–बैंकिङ्ग सम्पत्ति तथा धितो सुरक्षणमा रहेका सम्पत्तिहरूको लिलाम सम्बन्धी सबै विवरण सहजै हेर्न सकिन्छ। यसमा लिलाममा रहेका सम्पत्तिको कित्ता नम्बर, क्षेत्रफल, फोटो, नक्सा तथा स्थान पहिचानका लागि गुगल म्यापसमेत समावेश गरिएको छ।

ग्राहकहरूले लिलाम सम्बन्धी सूचनामा दिइएको क्यूआर कोड स्क्यान गरेर वा सिधै पोर्टलमा प्रवेश गरेर आवश्यक जानकारी प्राप्त गर्न सक्नेछन्। साथै, कुनै सम्पत्तिबारे थप जानकारी लिन चाहने व्यक्तिहरूले पोर्टलमा रहेको म्यासेज बक्समार्फत आफ्नो नाम, इमेल, मोबाइल नम्बर र ठेगाना राखी सन्देश पठाउन पनि सक्ने व्यवस्था गरिएको बैंकले जनाएको छ।

बैंकले सो पोर्टलमा नियमित रूपमा नयाँ सम्पत्ति तथा लिलाम सम्बन्धी सूचनाहरू अद्यावधिक गर्ने जनाएको छ। इच्छुक ग्राहकहरूले अनलाइनमार्फत नै सम्पूर्ण विवरण हेरी लाभ लिन सक्ने विश्वास बैंकले व्यक्त गरेको छ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *