What To Know नेपाली चलचित्र क्षेत्रका महानायक राजेश हमालको जीवन, अभिनय, व्यक्तित्व र बोली दशकौंदेखि लाखौं दर्शकको मनमा बसेको छ। उनी एक सफल कलाकार मात्र…
लुङ्गिनका किसान व्यावसायिक सुन्तला खेतीमा आकर्षित
What To Know
- परम्परागत अन्नबालीमा निर्भर रहेका यहाँका किसानहरू आम्दानी बढाउने लक्ष्यसहित फलफूल खेतीतर्फ उन्मुख भएका हुन् । लुङ्गिन क्षेत्रको हावापानी र माटो सुन्तला खेतीका लागि उपयुक्त मानिएकाले यहाँ सुन्तला खेती विस्तार हुँदै गएको स्थानीय किसान शम्भु राईले बताउनुभयो । उहाँका अनुसार विगतमा घरायसी प्रयोजनका लागि सीमित रूपमा गरिँदै आएको सुन्तला खेती हाल व्यावसायिक रूपमा विस्तार हुन थालेको छ ।.
- “यहाँ सुन्तला उत्पादन हुने स्थानलाई पकेट क्षेत्र घोषणा गरेर खेती विस्तारमा जोड दिइएको छ । यहाँका वालिङ, साक्सिराङ, दितेनी क्षेत्रमा सुन्तलाको बढी उत्पादन हुने गरेको छ । त्यसैले किसानलाई उन्नत जातका बिरुवा उपलब्ध गराउनुका साथै प्राविधिक सहयोग दिँदै आएका छौँ”, वडाध्यक्ष थापाले भन्नुभयो, “यसले किसानलाई व्यावसायिक उत्पादनतर्फ उन्मुख बनाएको छ । नर्सरी स्थापना गरेर किसानलाई बिरुवा वितरण गर्दै आएका छौँ ।”.
भोजपुर । यहाँको हतुवागढी गाउँपालिका–२ लुङ्गिनका किसानहरू पछिल्लो समय व्यावसायिक सुन्तला खेतीतर्फ आकर्षित हुन थालेका छन् ।
परम्परागत अन्नबालीमा निर्भर रहेका यहाँका किसानहरू आम्दानी बढाउने लक्ष्यसहित फलफूल खेतीतर्फ उन्मुख भएका हुन् । लुङ्गिन क्षेत्रको हावापानी र माटो सुन्तला खेतीका लागि उपयुक्त मानिएकाले यहाँ सुन्तला खेती विस्तार हुँदै गएको स्थानीय किसान शम्भु राईले बताउनुभयो । उहाँका अनुसार विगतमा घरायसी प्रयोजनका लागि सीमित रूपमा गरिँदै आएको सुन्तला खेती हाल व्यावसायिक रूपमा विस्तार हुन थालेको छ ।
किसानलाई व्यावसायिक खेतीतर्फ आकर्षित गर्न हतुवागढी गाउँपालिकाले विभिन्न अनुदान तथा प्राविधिक सहयोग कार्यक्रम सञ्चालनसमेत सञ्चालन गर्दै आएको छ । सुन्तलाका बिरुवा वितरण, बगैँचा व्यवस्थापन तालिम, मलखाद तथा रोग व्यवस्थापनसम्बन्धी सहयोगले किसानलाई थप हौसला मिलेको राईको भनाइ छ ।
हतुवागढी–२ लुङ्गिनका वडाध्यक्ष बिचारी थापाले फलफूल खेतीमार्फत किसानको आयआर्जन बढाउने लक्ष्यसहित सुन्तला खेतीलाई प्राथमिकतामा राखिएको बताउनुभयो । किसानलाई प्रोत्साहन गर्न वडाको बजेटमा नर्सरीसमेत विस्तार गरिएको र वडाले समयसमयमा सुन्तला, एभोकार्डो, कागतीका बिरुवासमेत वितरण गर्दै आएको उहाँले जानकारी दिनुभयो ।
“यहाँ सुन्तला उत्पादन हुने स्थानलाई पकेट क्षेत्र घोषणा गरेर खेती विस्तारमा जोड दिइएको छ । यहाँका वालिङ, साक्सिराङ, दितेनी क्षेत्रमा सुन्तलाको बढी उत्पादन हुने गरेको छ । त्यसैले किसानलाई उन्नत जातका बिरुवा उपलब्ध गराउनुका साथै प्राविधिक सहयोग दिँदै आएका छौँ”, वडाध्यक्ष थापाले भन्नुभयो, “यसले किसानलाई व्यावसायिक उत्पादनतर्फ उन्मुख बनाएको छ । नर्सरी स्थापना गरेर किसानलाई बिरुवा वितरण गर्दै आएका छौँ ।”
स्थानीय कृषक प्रशुराम राईका अनुसार सुन्तला खेतीबाट राम्रो आम्दानी हुन थालेपछि किसानहरू यसतर्फ आकर्षित भइरहेका छन् । आफ्नो बारीमा हाल १५० बोट हारहारी सुन्तला रहेको उहाँले बताउनुभयो । “अन्नबालीभन्दा सुन्तलाबाट बढी आम्दानी हुने देखिएको छ”, राईलेले भन्नुभयो, “यसले हाम्रो जीवनस्तर सुधारमा सहयोग पुगेको छ । त्यसैले यस क्षेत्रका किसानले व्यावसायिक सुन्तला खेती गर्दै आएका छौँ ।”
गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत महेश निरौलाले लुङ्गिन क्षेत्र फलफूल खेतीका लागि उपयुक्त भएकाले सुन्तला खेतीलाई प्राथमिकतामा राखिएको बताउनुभयो । “यहाँको हावापानी र माटो सुन्तलाका लागि निकै उपयुक्त छ”, उहाँले भन्नुभयो, “यसलाई व्यावसायिक रूपमा विस्तार गर्ने योजना छ ।”
गाउँपालिका अध्यक्ष प्रेमकुमार राईले सुन्तला खेतीमार्फत किसानलाई आत्मनिर्भर बनाउने लक्ष्य रहेको बताउनुभयो । फलफूल खेतीको माध्यमबाट किसानको आयस्तर सुधार गर्ने लक्ष्यले भूगोलअनुसार फलफूल खेतीमा जोड दिएको उहाँले बताउनुभयो ।
“स्थानीय उत्पादन बढाउँदै किसानको आयस्तर उकास्ने हाम्रो उद्देश्य हो । फलफूल खेतीलाई अझ व्यवस्थित र व्यावसायिक बनाउँदै लैजाने योजना बनाएका छौँ”, अध्यक्ष राईले भन्नुभयो ।
स्थानीय तहको सहयोग, उपयुक्त हावापानी र बजारको पहुँचका कारण लुङ्गिन क्षेत्र सुन्तला उत्पादनको उदीयमान केन्द्रका रूपमा विकास हुँदै गएको छ ।






