बर्दिवास । भोजपुरी संगीत पारखीहरूका लागि नयाँ म्युजिक भिडियो ‘दे दन प्यार गोरी’ सार्वजनिक भएको छ । यस भिडियोमा सागर लम्साल (बले) र शिल्पा पोखरेलको…

कल्याणकारी स्वयंसेवकद्वारा रेडियो नेपाल परिसरको सरसफाई, ५००० टन फोहर ब्यवस्थापन
काठमाडौँ । कल्याणकारी स्वयंसेवक संघ, नेलालले रेडियो परिसरको सरसफाई गरेको छ । संघले तीन चरणमा प्रसारण विकास समितिको पोखरी लगायत त्यस सेरोफेरोको सरसफाई गरेको हो । कल्याणकारी स्वयंसेवक संघ गैर सरकारी संस्था हो । यसले आफ्नै सदस्यहरुको सक्रियतामा हरेक शनिवार सरसफाई तथा परोपकारी कार्य गर्दै आएको छ ।
रेडियो नेपाल परिसरमा गरिएको चरणबद्ध सरसफाइमा पहिलो चरणमा कम्पाउण्ड भित्रबाट ६०० बोरा दोस्रो चरणमा १००० बोरा र तेस्रो चरणमा ५००० टन ढलान फुटाएर निस्केको फोहोर ब्यवस्थापन गरिएको संघले जनाएको छ । पोखरीको पानी लामोसमय टिकाइराख्न संस्थाकै आर्थिक लागतमा पोखरी मर्मत गरिने सस्थाका अध्यक्ष अक्कल बहादुर तामाङले बताउनु भयो ।
सरसफाईमा सहभागि हुनको लागि सस्थाकै सदस्यहरु विश्वको सर्बोच्च सगरमाथाको सफल आरोही छोकी शेपा, प्राध्यापक, टाइम्स कलेज, जुगल कलेजका विद्यार्थिहरु, कल्याणकारी स्वयंसेवक संघ नेपाल केन्द्र, प्रदेश ३ बु.न.पा कमिटी तथा महिला समूहको सहभागिता रहेको थियो ।