साइतको पछि लाग्दा अशुभ योगमा खाए बालेनले शपथ, फेरि विद्रोहको संकेत !

What To Know

  • आफुलाई सूर्यवंशी भन्दै हिँडेका उनले जोतिषीले दिएको साइत १२ः३४ अघि नै शपथ लिए । सूर्य पञ्चाङ्ग अनुसार १२ः३२ पछि दशमी तिथि छ । त्यो देखेर उनले १२ः३० मै शपथ शुरु गर्न लगाए अर्थात् नवमी तिथिमा टेकेर दशमी शुरु हुँदा शपथ सक्काए । राम नवमी ब्रत अर्थात रामजयन्तीका दिन अविजित समय छोपेका इन्जिनियर बालेनले पुनर्वशु नक्षत्रमा शपथ लिएर शत्रु पराजयको पराक्रम बटुले पनि योग चाँहि गतिलो परेन । उनले अतिगण्ड अर्थात् अशुभ मानिने योगमा शपथ लिएका छन् । जसकारण उनलाई अशुभ पक्षलेसँगै पछ्याएको जोतिषीय तर्क छ ।.
  • पुनर्वशु नक्षत्रको देवता अदिती हुन् भने स्वामी राशि मिथुन र कर्कट हुन् । चन्द्र पथ अनुसार भचक्रमा रहेका नक्षत्रमध्ये सातौं नक्षत्र मानिन्छ, पुनर्वशु । १०८ बटुकबाट स्वस्ति वाचन, ७ वटा शंखनाद र भचक्रको सातौँ नक्षत्रको अंक गणित राम्रै मिलाए पनि १०७ लामाहरुबाट मंगल पाठ गराउने कार्य चाँहि भने मूताविक भएन । अन्ततः १६ जना बौद्ध भिक्षुले मंगलपाठ गरे । ती बौद्ध भिक्षु पनि थेरावादी, बज्राचार्य वा तिब्बती लामा को थिए .

काठमाडौं । छत्तीस वर्षको उमेरमा मधेशी मूलका बालेन्द्र साह (बालेन)नेपालको मूली शासक एवं प्रधानमन्त्री बनेका छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को अभिलेखअनुसार बालेन आधुनिक नेपालको ४३औँ प्रधानमन्त्री हुन् । अर्कोतर्फ उनी नेपालको प्रजातान्त्रिक इतिहासमा निर्वाचित कार्यकारी प्रमुख हुने सबैभन्दा कान्छा व्यक्ति हुन् ।

यसअघि प्रधानमन्त्रीको शपथ हुँदा सुरक्षा निकायको टोलीले व्याण्ड बजाउँथ्यो भने यो पल्ट प्रधानमन्त्रीको शपथमा ७ वटा शंखनाद गराइयो । साथै १०८ जना बटुकहरुले स्वस्ति वाचन र १६ जना बौद्ध भिक्षुले अष्टमंगल पाठ गरे । शंखनाद, स्वस्तिवाचन र मंलग पाठ गराएर पञ्चाङ्गको साइतमा शपथ लिएका प्रधानमन्त्री बालेनको भेषभूषा भने शिर देखि पाउसम्म कालै थियो ।

कालो दौरा सुरुवाल, कालो टोपी, कालै चस्मा र कालै जुत्तामा ठाटिएका कान्छा प्रधानमन्त्री बालेनले चलाखी पूर्वक पञ्चाङ्गको साइतमा शपथ ग्रहण गरे पनि उनलाई केही अशुभ पक्षले भने पछ्याएको छ ।

आफुलाई सूर्यवंशी भन्दै हिँडेका उनले जोतिषीले दिएको साइत १२ः३४ अघि नै शपथ लिए । सूर्य पञ्चाङ्ग अनुसार १२ः३२ पछि दशमी तिथि छ । त्यो देखेर उनले १२ः३० मै शपथ शुरु गर्न लगाए अर्थात् नवमी तिथिमा टेकेर दशमी शुरु हुँदा शपथ सक्काए । राम नवमी ब्रत अर्थात रामजयन्तीका दिन अविजित समय छोपेका इन्जिनियर बालेनले पुनर्वशु नक्षत्रमा शपथ लिएर शत्रु पराजयको पराक्रम बटुले पनि योग चाँहि गतिलो परेन । उनले अतिगण्ड अर्थात् अशुभ मानिने योगमा शपथ लिएका छन् । जसकारण उनलाई अशुभ पक्षलेसँगै पछ्याएको जोतिषीय तर्क छ ।

पुनर्वशु नक्षत्रको देवता अदिती हुन् भने स्वामी राशि मिथुन र कर्कट हुन् । चन्द्र पथ अनुसार भचक्रमा रहेका नक्षत्रमध्ये सातौं नक्षत्र मानिन्छ, पुनर्वशु । १०८ बटुकबाट स्वस्ति वाचन, ७ वटा शंखनाद र भचक्रको सातौँ नक्षत्रको अंक गणित राम्रै मिलाए पनि १०७ लामाहरुबाट मंगल पाठ गराउने कार्य चाँहि भने मूताविक भएन । अन्ततः १६ जना बौद्ध भिक्षुले मंगलपाठ गरे । ती बौद्ध भिक्षु पनि थेरावादी, बज्राचार्य वा तिब्बती लामा को थिए ? खुलाइएन । पुनर्वशु नक्षत्र आकाशको दक्षिण दिशामा देखिने भएका कारण बालेनले शपथको साइतमा भेषभूषा र स्थान सोही प्रकारले रोजे पनि उनी वायु तत्वमा विश्वास गर्छन् र उनलाई तन्त्र विद्याको साथ छ भन्ने प्रष्ट भएको छ । कारणः उनले शपथ लिएको पुनर्वशु नक्षत्रको सम्बन्ध वायु तत्वसँग हुने शास्त्रीय तर्क छ ।

अर्कोतर्फ निर्वाचनमा बालेन र रवि लामिछानेले झण्डै ४० प्रतिशत नागरिकसँग सनातन हिन्दु धर्मको प्रवद्र्धनमा लाग्ने बाचा गरेकै कारण झण्डै दुई तिहाई प्राप्त गरेको र सोही प्रतिवद्धताको औपचारिकताका लागि शपथमा यस्तो गरिएको चर्चा हुन थालेको छ ।

धर्मशास्त्रविद् प्राध्यापक डाक्टर जगमान गुरुङले चुनावी प्रचारका क्रममा थुप्रै नागरिकले सनातन हिन्दु धर्मको रक्षार्थ प्रस्ताव राखेको र त्यो प्रस्ताव उनीहरुले स्वीकार्ने बचन दिएका कारण अहिले देखाउनका लागि मात्रै भए पनि राजाको राज्याभिषेक शैलीमा शपथ गराइएको तर्क गरे । उनी भन्छन्, ‘यो देखावटी मात्रै हो । होइन भने बालेनले सांसदको शपथ खाँदा लिम्बुहरुको प्रतिक चिन्ह लगाएर हिँडे । तर, शपथमा किँरात वा राईका गुरुहरु सहभागी गराइएको देखिएन ।’

यिनीहरुले भित्रभित्रै राजा नै ल्याउनेसम्मका झुठ बोलेर भोट बटुले पनि राजा भने ल्याउने होइनन, प्राध्यापक डाक्टर गुरुङ अगाडि भन्छन्, ‘अब शरणार्थीलाई नेपाली नागरिकता दिने, फ्रितिब्बत मुभमेन्ट अघि बढाउने र अमेरिकी सैन्य रणनीति अन्तर्गतको एसपीपी पारित गर्ने काम हुन्छ ।’

पञ्चाङ्गको साइत मिलाएर शपथ लिए पनि अशुभ पक्षले पछ्याएको भन्ने जोतिषीय तर्कलाई बल पुग्ने गरी प्राध्यापक डाक्टर गुरुङले द्वन्द्वको संकेत गरेका छन् । उनले भने, ‘कार्की आयोगको प्रतिवेदन कार्यान्वयन गर्दा केपी शर्मा ओली, रमेश लेखक र चन्द्र कुबेर खापुङमाथि ज्यान मुद्दा चलाउनु पर्ने हुन्छ । त्यसो गर्दा विद्रोह हुन्छ । त्यसो नगर्दा पनि विद्रोह हुन्छ । अर्कोतर्फ एसपीपी पास गर्नलाई ल्याइएकाहरुले एसपीपी पास गरे पनि विद्रोह हुन्छ, नगरे यीनलाई ठेगान लगाउँछ, शक्तिले । र, सँधैभरी चन्द्र गुप्तलाई सल्लाह दिन चाणक्य आइपुग्दैनन् ।’

बालेनले राजकीय शैलीमा शपथ खाँदा अर्को प्रश्न पनि उठिरहेको छ, आफ्ना पिताको बरखी बारिरहेका बेला तामझामको मांगलिक अभिषेक गर्न मिल्छ ? जुठो बार्नु पर्दैन ?

यसको जवाफमा नेपाल पञ्चाङ्ग निर्णायक समितिका पूर्व अध्यक्ष प्राध्यापक डाक्टर रामचन्द्र गौतम राज्य चलाउनेहरुलाई जुठो लाग्दैन भन्ने शास्त्रीय मान्यता रहेको तर्क गर्छन् । राजनीतिज्ञ र राज्य चलाउनेहरुलाई जुठो लाग्दैन भन्ने शास्त्रीय मान्यता रहेका कारण शास्त्रार्थ प्रधानमन्त्रीको शपथमा स्वस्ति वाचन, मंगल पाठ र शंखनाद गराइएको डाक्टर गौतमको भनाइ छ ।

जनतालाई सुशासन दिने, भ्रष्टाचार निणन्त्रण गर्ने जिम्मेवारी बोक्नु पर्ने भएका कारण प्रधानमन्त्रीको शपथमा शास्त्रार्थ स्वस्ति पाठ गराइनुलाई सकारात्मक रुपमा लिनु पर्ने गौतमको धारणा छ । तर, नेपाल धार्मिक देश हो, आर्य, तपो भूमि हो भन्ने कुरा विर्सिएका खण्डमा भने यो नयाँ–नयाँमा धेरै खरानी धस्ने जोगीकै कथा हुने कटाक्ष गरेका छन् ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *