एनआईसी एशिया बैंक र स्तुपा कम्युनिटी हस्पिटलबीच सम्झौता, उपचार सेवामा १५ प्रतिशत छुट

काठमाडौँ । एन आई सी एशिया बैंक र स्तुपा स्वास्थ्य सेवा सहकारी संस्था अन्तर्गत सञ्चालित स्तुपा कम्युनिटी हस्पिटलबीच विभिन्न सेवा सुविधा प्रदान गर्ने सम्बन्धमा समझदारी भएको छ।

सम्झौतापत्रमा बैंकका तर्फबाट काठमाडौं नर्थ सर्कल हेड सुदिन कुमार लामाज्यू र हस्पिटलका तर्फबाट निर्देशक डा. पेम्बा लामाज्यूले हस्ताक्षर गरेका छन्।

यस सम्झौतापछि एन आई सी एशिया बैंकका ग्राहकहरूले स्तुपा कम्युनिटी हस्पिटलमा उपचार गराउँदा विभिन्न सेवामा १५ प्रतिशत छुट पाउनेछन्। साथै, स्तुपा स्वास्थ्य सेवा सहकारी संस्थाका बोर्ड सदस्य, निर्देशक, कर्मचारी तथा अन्य शेयरधनीहरूले बैंकको क्रेडिट कार्डसम्बन्धी सेवा सुविधा उपयोग गर्न सक्नेछन्।

त्यसैगरी, सेवाग्राहीको सुविधालाई ध्यानमा राख्दै हस्पिटल परिसरमै बैंकको एटिएम सेवा सञ्चालन गर्ने पनि सहमति भएको छ।

बैंकले ग्राहकलाई सहज, सुलभ र परिष्कृत सेवा उपलब्ध गराउने उद्देश्यले गरिएको यस सहकार्यबाट दुवै संस्थासँग आबद्ध सेवाग्राहीलाई थप लाभ पुग्ने विश्वास व्यक्त गरेको छ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *