एनआरएनएमा फेरि लफडा: एकताको नाममा ‘आत्मसमर्पण’ गरिएको भन्दै उपाध्यक्ष तिगेलाद्वारा विद्रोह

What To Know

  • बुधबार एक प्रेस विज्ञप्ति जारी गर्दै उपाध्यक्ष तिगेलाले अध्यक्ष महेश श्रेष्ठले कार्यसमितिको मर्मविपरीत एकलौटी ढंगले संस्थालाई बुझाउन खोजेको गम्भीर आरोप लगाउनुभएको छ। सर्वोच्च अदालतको परमादेशपछि बनेको नयाँ नेतृत्वले सबै विवाद अन्त्य गर्नुपर्नेमा उल्टै ‘एकता’ को आवरणमा संस्थालाई नै धराशायी बनाउने खेल खेलिएको विज्ञप्तिमा उल्लेख छ।.
  • विज्ञप्तिमा अध्यक्ष श्रेष्ठले सिंगो कार्यसमितिलाई नै ‘आत्मसमर्पण’ गराउन खोजेको र अर्को पक्षको कुरा मात्र सुन्ने गरेको टिप्पणी गरिएको छ। झण्डै दुई तिहाइ पदाधिकारीहरू यो कथित एकताको पक्षमा नरहेको दाबी गर्दै तिगेलाले अवैध रूपमा गठन गरिएको ‘स्टेरिङ कमिटी’ का सदस्यहरूलाई समेत गलत प्रक्रियाबाट फर्कन आग्रह गर्नुभएको छ।.

काठमाडौँ । गैरआवासीय नेपाली संघ (एनआरएनए) भित्रको विवाद सुल्झिनुको साटो झन् बल्झिएको छ। संघका उपाध्यक्ष विश्वास दीप तिगेलाले पछिल्लो समय अघि बढाइएको भनिएको ‘एकता प्रक्रिया’ अवैधानिक रहेको भन्दै त्यसबाट आफू बाहिरिएको घोषणा गरेपछि खैलाबैला मच्चिएको हो।

बुधबार एक प्रेस विज्ञप्ति जारी गर्दै उपाध्यक्ष तिगेलाले अध्यक्ष महेश श्रेष्ठले कार्यसमितिको मर्मविपरीत एकलौटी ढंगले संस्थालाई बुझाउन खोजेको गम्भीर आरोप लगाउनुभएको छ। सर्वोच्च अदालतको परमादेशपछि बनेको नयाँ नेतृत्वले सबै विवाद अन्त्य गर्नुपर्नेमा उल्टै ‘एकता’ को आवरणमा संस्थालाई नै धराशायी बनाउने खेल खेलिएको विज्ञप्तिमा उल्लेख छ।

“एकताको नाममा तयार पारिएको रोडम्यापमा अध्यक्ष र प्रवक्ता बाहेक कसैको सहमति छैन। पदाधिकारीबीच छलफल नै नगरी, झण्डै सत्प्रतिशतको असहमति हुँदाहुँदै जबरजस्ती गरिएको एकताको पहल पूर्णतः अवैधानिक छ,” तिगेलाले भन्नुभएको छ। उहाँका अनुसार अन्तर्राष्ट्रिय समन्वय परिषद (आईसीसी) को साधारण सभा बोलाएर मात्र यस्ता महत्वपूर्ण निर्णय गरिनुपर्नेमा त्यसो नगरिनु विधान विपरीत हो।

विज्ञप्तिमा अध्यक्ष श्रेष्ठले सिंगो कार्यसमितिलाई नै ‘आत्मसमर्पण’ गराउन खोजेको र अर्को पक्षको कुरा मात्र सुन्ने गरेको टिप्पणी गरिएको छ। झण्डै दुई तिहाइ पदाधिकारीहरू यो कथित एकताको पक्षमा नरहेको दाबी गर्दै तिगेलाले अवैध रूपमा गठन गरिएको ‘स्टेरिङ कमिटी’ का सदस्यहरूलाई समेत गलत प्रक्रियाबाट फर्कन आग्रह गर्नुभएको छ।

उपाध्यक्ष तिगेलाले एकता दुवै पक्षको सम्मानजनक सहभागितामा हुनुपर्नेमा एकतर्फी र अपमानजनक हिसाबले विलय गराउन खोजिएकाले आफू यो प्रक्रियामा सहभागी नहुने प्रस्ट पार्नुभएको छ। उहाँले सिङ्गो समितिको पूर्ण कार्यकालको रक्षाका लागि आफू लागिपर्ने समेत जानकारी गराउनुभएको छ।

हेर्नुस् पूरा विज्ञप्ती 

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *