What To Know Https. //youtu. काठमाडौं । चर्चित लोक तथा दोहोरी गायक खुमन अधिकारीको नयाँ गीत ‘सरी मायालु’ सार्वजनिक भएको छ। अधिकारी र गायिका शान्ता…
एनआईसी एशिया बैंकका लिलाम बिक्रीसम्बन्धी विवरण अनलाइन पोर्टलमा सार्वजनिक
What To Know
- काठमाडाैं । एन आई सी एशिया बैंकले आफ्नो स्वामित्वमा रहेका बैंकिङ्ग सम्पत्ति, गैर–बैंकिङ्ग सम्पत्ति तथा धितो सुरक्षणमा रहेका सम्पत्तिहरूको लिलाम बिक्रीसम्बन्धी विस्तृत जानकारी अनलाइन पोर्टलमार्फत सार्वजनिक गरेको छ।.
- बैंकका अनुसार उक्त पोर्टलमा बैंकिङ्ग तथा गैर–बैंकिङ्ग सम्पत्ति र धितो सुरक्षणमा रहेका लिलामयोग्य सम्पत्तिहरूका साथै लिलामसम्बन्धी अन्य सूचना नियमित रूपमा प्रकाशन गरिनेछ। यसबाट खरिद गर्न इच्छुक ग्राहकलाई समयमै सही र विस्तृत जानकारी प्राप्त हुने विश्वास बैंकले लिएको छ।.
काठमाडाैं । एन आई सी एशिया बैंकले आफ्नो स्वामित्वमा रहेका बैंकिङ्ग सम्पत्ति, गैर–बैंकिङ्ग सम्पत्ति तथा धितो सुरक्षणमा रहेका सम्पत्तिहरूको लिलाम बिक्रीसम्बन्धी विस्तृत जानकारी अनलाइन पोर्टलमार्फत सार्वजनिक गरेको छ।
बैंकले लिलाम प्रक्रियालाई थप पारदर्शी, व्यवस्थित र सहज बनाउन सञ्चालनमा ल्याएको पोर्टलमा लिलाममा राखिएका सम्पत्तिहरूको कित्ता नम्बर, क्षेत्रफल, फोटो, नक्सा तथा स्थान पहिचानका लागि गुगल म्यापसमेतको विवरण उपलब्ध छ।
लिलाम बिक्रीसम्बन्धी प्रकाशित सूचनामा राखिएकाे क्यूआर कोड स्क्यान गरी अथवा सिधै https://auctionassistance.nicasiabank.com मा प्रवेश गरेर इच्छुक व्यक्तिले सम्पत्तिको विस्तृत जानकारी हेर्न सक्ने व्यवस्था गरिएको छ।
यदि कुनै व्यक्तिले खरिद गर्न चाहेको सम्पत्तिबारे थप जानकारी आवश्यक परेमा सोही पोर्टलमा रहेको म्यासेज बक्स मार्फत आफ्नो पूरा नाम, इमेल ठेगाना, मोबाइल नम्बर र सम्पर्क ठेगाना उल्लेख गरी सन्देश पठाउन सक्ने सुविधा पनि बैंकले उपलब्ध गराएको छ।
बैंकका अनुसार उक्त पोर्टलमा बैंकिङ्ग तथा गैर–बैंकिङ्ग सम्पत्ति र धितो सुरक्षणमा रहेका लिलामयोग्य सम्पत्तिहरूका साथै लिलामसम्बन्धी अन्य सूचना नियमित रूपमा प्रकाशन गरिनेछ। यसबाट खरिद गर्न इच्छुक ग्राहकलाई समयमै सही र विस्तृत जानकारी प्राप्त हुने विश्वास बैंकले लिएको छ।






