प्रदेश ५ को नाम लुम्बिनी र राजधानी तिलौराकोट : प्रचण्ड

कपिलबस्तु । प्रदेश नम्बर ५ को नाम र प्रदेशको बिषयलाई लिएर प्रदेश सांसदहरु बिभाजित भइरहेको बेला नेकपा अध्यक्ष पुष्पकमल दाहालले नाम लुम्बिनी र राजधानी तिलौराकोट राख्ने प्रस्ताब गर्नुभएको छ । प्रतिपक्षी नेपाली कांग्रेसका सांसदले समेत दाहालको प्रस्ताबमा सकारात्मक देखिएका छन् । कपिलवस्तुको जीतपुरमा आयोजित १० औं कपिलवस्तु महोत्सवको समुद्घाटन गर्दै अध्यक्ष दाहालले ५ नम्बर प्रदेशको नाम लुम्बिनी र त्यसको राजधानी तिलौराकोट राख्न पार्टीमा प्रस्ताव लैजाने बताउनुभएको हो ।

अध्यक्ष दाहालले प्रदेशको गौरब विश्वमै चिनाउन पनि लुम्बिनी नाम राख्नु पर्ने धारणा राख्नुभयो । नेकपा महासचिव विष्णु पौडेलले लुम्बिनी, कपिलवस्तु र रामग्रामलाई विश्व शान्तिको सहर बनाउने परिकल्पना गरिएकाले तीनै ठाउँ समेटने गरि प्रदेश राजधानी बनाउदा कसैको आपत्ती नहुने जिकीर गर्नुभयो ।

कार्यक्रममा नेपाली काँग्रेसका केन्द्रिय सदस्य तथा संघीय सांसद अतहर कमालले प्रदेशको राजधानीको नाम लुम्बिनी राख्न तथा दाङ र रुपन्देहीको तानातानका बिच बुद्धस्थल तिलौराकोटलाई राजधानी तोक्न माग गर्नुभयो ।

कृषीमा आमुल सुधार बिना मुलुकको बिकास असम्भव रहेको कृषी तथा पशु पन्छिी बिकास मन्त्री चक्रपाणी खनालले बताउनुभयो । कृषिजन्य व्यवसाय तथा उत्पादनको प्रवर्धन, पर्यटन र संस्कृति प्रवर्धन गर्ने उद्देश्यले महोत्सवको आयोजना गरिएको हो । पुस १ गते सम्म सञ्चालन हुने महोत्सवमा ३ सय ५० वटा स्टल रहेका छन् ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *