What To Know Https. //youtu. काठमाडौं । चर्चित लोक तथा दोहोरी गायक खुमन अधिकारीको नयाँ गीत ‘सरी मायालु’ सार्वजनिक भएको छ। अधिकारी र गायिका शान्ता…
एनआईसी एशिया बैंककाे लिलाम बिक्रीका सबै सूचना अनलाइनमा
What To Know
- ग्राहकहरूले लिलाम बिक्रीसम्बन्धी सूचनामा रहेको क्युआर कोड स्क्यान गरेर वा https.
- //auctionassistance.
काठमाडौँ । एनआईसी एशिया बैंक लिमिटेडले आफ्नो नाममा रहेका बैंकिङ सम्पत्ति, गैर–बैंकिङ सम्पत्ति तथा धितो सुरक्षणमा रहेका सम्पत्तिहरूको लिलाम बिक्री सम्बन्धी सबै जानकारी अनलाइन पोर्टल मार्फत सार्वजनिक गरेको छ।
बैंकले सञ्चालनमा ल्याएको यस पोर्टलमार्फत लिलाम बिक्रीमा राखिएका सम्पत्तिहरूको विस्तृत विवरण हेर्न सकिन्छ। पोर्टलमा सम्पत्तिको कित्ता नम्बर, क्षेत्रफल, फोटो, नक्सा तथा स्थान पहिचानका लागि गुगल म्यापसमेत उपलब्ध छन्।
ग्राहकहरूले लिलाम बिक्रीसम्बन्धी सूचनामा रहेको क्युआर कोड स्क्यान गरेर वा https://auctionassistance.nicasiabank.com
वेबसाइटमा गएर सम्पत्तिबारे जानकारी लिन सक्नेछन्।
यदि कुनै सम्पत्तिबारे थप जानकारी आवश्यक परेमा, सोही सम्पत्तिको विवरणमा रहेको म्यासेज बक्समार्फत पूरा नाम, इमेल ठेगाना, मोबाइल नम्बर र सम्पर्क ठेगाना उल्लेख गरी सिधै बैंकलाई सन्देश पठाउन सकिने व्यवस्था गरिएको छ।
बैंकका अनुसार यस अनलाइन पोर्टलमा लिलाम बिक्रीमा आउने बैंकिङ तथा गैर–बैंकिङ सम्पत्तिहरूको विवरण नियमित रूपमा अद्यावधिक गरिनेछ। लिलाममार्फत सम्पत्ति खरिद गर्न इच्छुक ग्राहकहरूले पोर्टलबाटै आवश्यक सबै जानकारी लिएर लाभ लिन सक्ने विश्वास बैंकले लिएको छ।






