What To Know Https. //youtu. काठमाडौं । चर्चित लोक तथा दोहोरी गायक खुमन अधिकारीको नयाँ गीत ‘सरी मायालु’ सार्वजनिक भएको छ। अधिकारी र गायिका शान्ता…
एन आई सी एशिया बैंकको सञ्चालकमा अनुपा प्रधान राजभण्डारी नियुक्त
काठमाडौँ । एन आई सी एशिया बैंकको सर्वसाधारण शेयरधनी समूहबाट सञ्चालक पदमा श्री अनुपा प्रधान राजभण्डारी नियुक्त हुनुभएको छ।
बैंकिङ्ग क्षेत्रमा झन्डै तीन दशकको अनुभव हासिल गर्नुभएकी राजभण्डारीले सञ्चालक समितिका अध्यक्ष अशोक कुमार अग्रवालबाट पद तथा गोपनियताको सपथ ग्रहण गर्नुभएको हो।
उहाँले बिजनेस एड्मिनिस्ट्रेसनमा स्नातकोत्तर अध्ययन गर्नुभएको छ। यसअघि तत्कालीन बैंक अफ काठमाडौंमा विभिन्न विभागको नेतृत्व सम्हाल्दै काम गर्नुभएको थियो।
नवनियुक्त सञ्चालक राजभण्डारीलाई सफल कार्यकालको शुभकामना व्यक्त गर्दै बैंक परिवारले हार्दिक स्वागत तथा बधाई ज्ञापन गरेको छ।






