प्यान र ईमेल ठेगाना अद्यावधिक गर्न एन आई सी एशिया बैंककाे आग्रह

What To Know

  • बैंकले निक्षेपकर्तालाई ब्याज भुक्तानी गर्दा काटिने कर E-TDS प्रणालीमा देखाउन प्यान आवश्यक हुने जनाएको छ। प्यान अद्यावधिक भएपछि करकट्टीको विवरण स्वतः सोही प्यानमा प्रविष्ट भई आयकर प्रणालीमा अनुसूची १० सँग मिलान हुने बैंकको भनाइ छ। यसले गर्दा ग्राहकलाई करकट्टी प्रमाणपत्र र कर चुक्ता प्रमाणपत्र प्राप्त गर्न सजिलो हुने तथा बैंक धाउनुपर्ने झन्झट पनि कम हुने विश्वास बैंकले लिएको छ। प्यान अद्यावधिक नगरेका कारण E-TDS मा ब्याजकर नदेखिएको वा पछि समायोजन गर्नुपरेमा बैंक जिम्मेवार नहुने पनि स्पष्ट गरिएको छ।.
  • यसैगरी, बैंकले ग्राहकहरूलाई आफ्नो खातामा ईमेल ठेगाना पनि अद्यावधिक गर्न आग्रह गरेको छ। ग्राहकहरूले बैंकको भिडियो केवाईसी सेवा वा मोबाइल बैंकिङ एपको My Profile मा गई Change Email विकल्प प्रयोग गरेर ईमेल ठेगाना अद्यावधिक गर्न सक्नेछन्। चाहेमा नजिकको शाखा कार्यालयबाट पनि ईमेल ठेगाना अद्यावधिक गर्न आवेदन दिन सकिने बैंकले जनाएको छ।.

काठमाडौं । एन आई सी एशिया बैंकले आफ्ना ग्राहकलाई खातामा स्थायी लेखा नम्बर (प्यान) र ईमेल ठेगाना अद्यावधिक गर्न अनुरोध गरेको छ।

बैंकका अनुसार आयकर ऐन २०५८ बमोजिम ग्राहकको खाताबाट गरिएको करकट्टीको विवरण नेपाल सरकारको स्थायी लेखा नम्बर प्रणालीमा समावेश गर्न प्यान अनिवार्य छ। त्यसका लागि ग्राहकहरूले बैंकको पोर्टल panupdate.nicasiabank.com वा मोबाइल बैंकिङ एप (NIC ASIA MoBank) मा रहेको “PAN Update” विकल्पमार्फत प्यान अद्यावधिक गर्न सक्नेछन्। साथै, नजिकको कुनै पनि शाखा कार्यालयबाट आवेदन दिएर पनि प्यान अद्यावधिक गर्न सकिने व्यवस्था गरिएको बैंकले जनाएको छ।

बैंकले निक्षेपकर्तालाई ब्याज भुक्तानी गर्दा काटिने कर E-TDS प्रणालीमा देखाउन प्यान आवश्यक हुने जनाएको छ। प्यान अद्यावधिक भएपछि करकट्टीको विवरण स्वतः सोही प्यानमा प्रविष्ट भई आयकर प्रणालीमा अनुसूची १० सँग मिलान हुने बैंकको भनाइ छ। यसले गर्दा ग्राहकलाई करकट्टी प्रमाणपत्र र कर चुक्ता प्रमाणपत्र प्राप्त गर्न सजिलो हुने तथा बैंक धाउनुपर्ने झन्झट पनि कम हुने विश्वास बैंकले लिएको छ। प्यान अद्यावधिक नगरेका कारण E-TDS मा ब्याजकर नदेखिएको वा पछि समायोजन गर्नुपरेमा बैंक जिम्मेवार नहुने पनि स्पष्ट गरिएको छ।

यसैगरी, बैंकले ग्राहकहरूलाई आफ्नो खातामा ईमेल ठेगाना पनि अद्यावधिक गर्न आग्रह गरेको छ। ग्राहकहरूले बैंकको भिडियो केवाईसी सेवा वा मोबाइल बैंकिङ एपको My Profile मा गई Change Email विकल्प प्रयोग गरेर ईमेल ठेगाना अद्यावधिक गर्न सक्नेछन्। चाहेमा नजिकको शाखा कार्यालयबाट पनि ईमेल ठेगाना अद्यावधिक गर्न आवेदन दिन सकिने बैंकले जनाएको छ।

यसअघि प्यान उपलब्ध गराउँदा पनि करकट्टीको विवरण समावेश नभएको वा ईमेल ठेगाना अद्यावधिक नभएको भए नजिकको शाखा कार्यालयमा वा ग्राहक सम्पर्क केन्द्रका फोन नम्बर १६६०–०१–७७७७१ र ०१–५९७०१०१ मा सम्पर्क गर्न बैंकले अनुरोध गरेको छ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *