एनआईसी एशिया बैंकका कर्मचारीमाथि अभद्र व्यवहार, दाेषिमाथि कारबाहीकाे माग

What To Know

  • बैंक कार्यालयभित्र हुलहुज्जत गर्ने, होहल्ला मच्चाउने, आगजनीको उद्देश्य देखिने कार्य तथा पेट्रोलजस्ता अत्यन्त प्रज्वलनशील पदार्थ छर्कने जस्ता गतिविधिले बैंकिङ क्षेत्रमै असुरक्षित वातावरण सिर्जना भएको बैंकले उल्लेख गरेको छ। यस्ता घटनाले बैंकिङ क्षेत्रको काम गर्ने वातावरणमा गम्भीर असर पुगेको र कर्मचारीले असुरक्षा महसुस गरिरहेको अवस्था बनेको पनि बैंकको भनाइ छ।.
  • कुनै पनि बहानामा कर्मचारीमाथि हुने अभद्र व्यवहार सहन नसकिने स्पष्ट पार्दै बैंकले घटनामा संलग्न व्यक्तिमाथि सम्बन्धित निकायले आवश्यक अनुसन्धान गरी प्रचलित कानुनअनुसार कारबाही गर्न माग गरेको छ। साथै बैंक तथा त्यहाँ कार्यरत कर्मचारीको शान्ति सुरक्षा सुनिश्चित गर्न सम्बन्धित निकायसँग बैंकले अनुरोध गरेको छ।.

काठमाडाैं । इटहरीस्थित एनआईसी एशिया बैंकको शाखामा बैंक कर्मचारीमाथि गालीगलौज तथा अभद्र व्यवहार भएको घटनाप्रति बैंकले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।

प्रेस विज्ञप्तिअनुसार कलुषित मनसायका साथ बैंकभित्र प्रवेश गरी केही व्यक्तिले कर्मचारीमाथि अभद्र व्यवहार गर्दै शाखा कार्यालयमा अराजक गतिविधि गरेका थिए। बैंकजस्तो संवेदनशील र अत्यावश्यक सेवा प्रदान गर्ने स्थानमा यस्ता गैरकानुनी र उच्छृङ्खल गतिविधि स्वीकार्य नहुने बैंकको भनाइ छ।

बैंक कार्यालयभित्र हुलहुज्जत गर्ने, होहल्ला मच्चाउने, आगजनीको उद्देश्य देखिने कार्य तथा पेट्रोलजस्ता अत्यन्त प्रज्वलनशील पदार्थ छर्कने जस्ता गतिविधिले बैंकिङ क्षेत्रमै असुरक्षित वातावरण सिर्जना भएको बैंकले उल्लेख गरेको छ। यस्ता घटनाले बैंकिङ क्षेत्रको काम गर्ने वातावरणमा गम्भीर असर पुगेको र कर्मचारीले असुरक्षा महसुस गरिरहेको अवस्था बनेको पनि बैंकको भनाइ छ।

कुनै पनि बहानामा कर्मचारीमाथि हुने अभद्र व्यवहार सहन नसकिने स्पष्ट पार्दै बैंकले घटनामा संलग्न व्यक्तिमाथि सम्बन्धित निकायले आवश्यक अनुसन्धान गरी प्रचलित कानुनअनुसार कारबाही गर्न माग गरेको छ। साथै बैंक तथा त्यहाँ कार्यरत कर्मचारीको शान्ति सुरक्षा सुनिश्चित गर्न सम्बन्धित निकायसँग बैंकले अनुरोध गरेको छ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *