बर्दिवास । भोजपुरी संगीत पारखीहरूका लागि नयाँ म्युजिक भिडियो ‘दे दन प्यार गोरी’ सार्वजनिक भएको छ । यस भिडियोमा सागर लम्साल (बले) र शिल्पा पोखरेलको…

प्रधानमन्त्री ओलीले पाए एक लाख डलर पुरस्कार
काठमाडाैँ । प्रधानमन्त्री केपी शर्मा ओलीलाई नेतृत्व र सुशासन अवार्ड प्रदान गरिएको छ। होटल हायातमा भएको एसिया प्यासेफिक समिटमा युनिभर्सल पिस फेडेरेसनले प्रधानमन्त्री ओलीलाई उक्त अवार्ड दिएको हो। अवार्डसँगै प्रधानमन्त्री ओलीलाई १ लाख डलर पुरस्कार दिइएको छ।
प्रधानमन्त्री ओलीले उक्त रकम कोष बनाएर यूवाका क्षेत्रमा काम गर्नका लागि सरकारी कोषमा दाखिला गरेको घोषणा गर्नुभएकाे छ । प्रधानमन्त्रीका प्रेस संयोजक चेतन अधिकारीले भन्नुभयाे, ‘प्रधानमन्त्रीज्यूले त्यो रकम सरकारलाई हस्तान्तरण गरेर युवा तथा बालबालिकाको क्षेत्रमा खर्च गर्ने बताउनु भएको छ ।’
कोष नै खडा गरेर त्यो रकम खर्च गर्ने ओलीको चाहना रहेकाे अधिकारीले बताउनुभयाे ।