What To Know Https. //youtu. काठमाडौं । चर्चित लोक तथा दोहोरी गायक खुमन अधिकारीको नयाँ गीत ‘सरी मायालु’ सार्वजनिक भएको छ। अधिकारी र गायिका शान्ता…
एनआईसी एशिया बैंकको स्वतन्त्र सञ्चालकमा रामकृष्ण खतिवडा नियुक्त
काठमाडौं । एनआईसी एशिया बैंकले बैंक तथा वित्तीय क्षेत्रमा लामो अनुभव हासिल गर्नुभएका श्री रामकृष्ण खतिवडालाई स्वतन्त्र सञ्चालकमा नियुक्त गरेको छ ।
बैंकको सञ्चालक समितिको बैठकले खतिवडालाई आगामी चार वर्षका लागि स्वतन्त्र सञ्चालक पदमा नियुक्त गर्ने निर्णय गरेको हो ।
चार्टर्ड फाइनान्सियल एनालिष्ट (सीएफए) तथा चार्टर्ड इकोनोमिस्ट (सीएचई) उपाधि हासिल गर्नुभएका खतिवडासँग पूर्वाधार विकास, परियोजना विकास तथा व्यवस्थापन, ऊर्जा नियमन, सार्वजनिक–निजी साझेदारी (पीपीपी) लगायतका क्षेत्रमा दुई दशकभन्दा बढी अनुभव रहेको छ । उहाँ वित्त तथा व्यवस्थापन विज्ञका रूपमा परिचित हुनुहुन्छ ।
खतिवडाले यसअघि नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेडमा सञ्चालक तथा प्रमुख कार्यकारी अधिकृत, विद्युत नियमन आयोगमा सदस्य, एनआईबीएल एस क्यापिटल लिमिटेडमा महाप्रबन्धक तथा कम्पनी सचिव, हाइड्रोइलेक्ट्रिसिटी इन्भेस्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी लिमिटेड (एचआईडीसीएल) मा फाइनान्सियल एनालिष्ट तथा सहायक महाप्रबन्धक, लगानी बोर्ड नेपाललगायत विभिन्न संस्थामा उच्च पदमा रही काम गर्नुभएको छ ।
बैंकले स्वतन्त्र सञ्चालकमा नियुक्त हुनुभएकोमा श्री रामकृष्ण खतिवडालाई सफल कार्यकालको शुभकामना दिँदै सम्पूर्ण बैंक परिवारको तर्फबाट हार्दिक स्वागत तथा बधाई व्यक्त गरेको छ ।






