खोकनामा कृषि सीप विकास तालिम सुरु

What To Know

  • काठमाडौँ । चीन ग्रामीण विकास प्रतिष्ठान (China Foundation for Rural Development सीएफआरडी) ले ललितपुरको खोकनामा कृषि क्षेत्रमा सीप विकास तालिम सुरु गरेको छ। स्थानीय आर्थिक विकास सुदृढ बनाउने, युवा र महिलालाई प्राविधिक सीपमार्फत तरकारी उत्पादन बढाउने तथा किसानलाई कृषि उपकरण र गुणस्तरीय बीउ उपलब्ध गराउने उद्देश्यले तालिम सञ्चालन गरिएको हो। कार्यक्रममा हङकङबाट आएका ३० भन्दा बढी स्वयंसेवक विद्यार्थीको सहभागिता रहेको छ, जसले चीन र नेपालबीच जनस्तरीय आदानप्रदान र सहकार्य बढ्दै गएको संकेत गर्छ।.
  • कार्यक्रममा बोल्दै सीएफआरडी नेपालकी देश निर्देशक सु जोउ झिच्याङले यसपटकको तालिम तरकारी उत्पादन प्रविधिमा केन्द्रित रहेको बताइन्। स्थानीय आर्थिक विकास प्रवर्द्धन गर्ने, युवा र महिलाको प्राविधिक क्षमता बढाउने र कृषिबाट दिगो आम्दानी सिर्जना गर्ने लक्ष्य रहेको उनको भनाइ थियो। खोकनामा संस्कृति र पर्यटनसँगै कृषि विकासको ठूलो सम्भावना रहेको उल्लेख गर्दै उनले पछिल्ला पाँच वर्षमा महिलाको सूक्ष्मवित्त, हस्तकला, तेल र मिठाई उत्पादन कारखाना सहयोग, विद्यालय भोजन कार्यक्रम, झोला र न्यानो कपडा वितरणजस्ता पहलमार्फत समुदायलाई सहयोग गरिएको जानकारी दिइन्। दीर्घकालीन र आत्मनिर्भर विकासका लागि प्राविधिक क्षमता निर्माण महत्वपूर्ण रहेको उनले जोड दिइन्।.

काठमाडौँ । चीन ग्रामीण विकास प्रतिष्ठान (China Foundation for Rural Development सीएफआरडी) ले ललितपुरको खोकनामा कृषि क्षेत्रमा सीप विकास तालिम सुरु गरेको छ। स्थानीय आर्थिक विकास सुदृढ बनाउने, युवा र महिलालाई प्राविधिक सीपमार्फत तरकारी उत्पादन बढाउने तथा किसानलाई कृषि उपकरण र गुणस्तरीय बीउ उपलब्ध गराउने उद्देश्यले तालिम सञ्चालन गरिएको हो। कार्यक्रममा हङकङबाट आएका ३० भन्दा बढी स्वयंसेवक विद्यार्थीको सहभागिता रहेको छ, जसले चीन र नेपालबीच जनस्तरीय आदानप्रदान र सहकार्य बढ्दै गएको संकेत गर्छ।

समृद्ध सांस्कृतिक सम्पदा र पर्यटन सम्भावनाका लागि परिचित खोकना पुरानो नेवारी बस्ती हो। यहाँ परम्परागत ज्ञान, कृषि र समुदायमा आधारित उद्यमको लामो इतिहास छ। यही आधारमा यो परियोजनाले आधुनिक कृषि अभ्यासमार्फत समुदायलाई सशक्त बनाउने नयाँ चरण सुरु गरेको सीएफआरडीले जनाएको छ। संस्थाले खोकनामा चिनियाँ अनुसन्धान, स्वयंसेवक सहभागिता र विकास साझेदारीलाई अझ विस्तार गर्दै दीर्घकालीन आर्थिक वृद्धि र कृषि नवप्रवर्तनमा योगदान पुर्‍याउने आकांक्षा व्यक्त गरेको छ।

कार्यक्रममा बोल्दै सीएफआरडी नेपालकी देश निर्देशक सु जोउ झिच्याङले यसपटकको तालिम तरकारी उत्पादन प्रविधिमा केन्द्रित रहेको बताइन्। स्थानीय आर्थिक विकास प्रवर्द्धन गर्ने, युवा र महिलाको प्राविधिक क्षमता बढाउने र कृषिबाट दिगो आम्दानी सिर्जना गर्ने लक्ष्य रहेको उनको भनाइ थियो। खोकनामा संस्कृति र पर्यटनसँगै कृषि विकासको ठूलो सम्भावना रहेको उल्लेख गर्दै उनले पछिल्ला पाँच वर्षमा महिलाको सूक्ष्मवित्त, हस्तकला, तेल र मिठाई उत्पादन कारखाना सहयोग, विद्यालय भोजन कार्यक्रम, झोला र न्यानो कपडा वितरणजस्ता पहलमार्फत समुदायलाई सहयोग गरिएको जानकारी दिइन्। दीर्घकालीन र आत्मनिर्भर विकासका लागि प्राविधिक क्षमता निर्माण महत्वपूर्ण रहेको उनले जोड दिइन्।

उनले चिनियाँ स्वयंसेवकको सहभागिताले सहकार्य र पारस्परिक सिकाइ बढेको पनि बताइन्। आगामी दिनमा नेपालका समुदायस्तरका कृषि विकासमा थप चिनियाँ अनुसन्धानकर्ता, स्वयंसेवक र दाताको ध्यान जाने विश्वास व्यक्त गर्दै समावेशी ग्रामीण विकासका लागि प्रविधि र सहकार्य निरन्तर रहने अपेक्षा व्यक्त गरिन्।

समारोहमा वडा नम्बर २१ का अध्यक्ष रवीन्द्र महर्जनले पछिल्ला पाँच वर्षदेखि सीएफआरडीले खोकना समुदायलाई विभिन्न विकास कार्यक्रममार्फत सहयोग गर्दै आएको स्मरण गरे। चिनियाँ स्वयंसेवकले महिलाको सूक्ष्मवित्त सहयोगमा सञ्चालित कारखाना अवलोकन गरी समुदायका अनुभव प्रत्यक्ष रूपमा सिकेको उल्लेख गर्दै दीर्घकालीन साझेदारी मजबुत बनेको बताए। गत वर्ष चीन भ्रमणका क्रममा गरिबी न्यूनीकरणसम्बन्धी अनुभव सिक्ने अवसर पाएको र वडाले China Rural Villagesसँग सम्झौता गरेको जानकारी पनि उनले दिए। निरन्तर सहयोगले विकास प्रक्रिया तीव्र हुने विश्वास व्यक्त गर्दै यस वर्ष खोकनामा सहयोग र अनुसन्धानका लागि चिनियाँ आगन्तुक बढेकोले सकारात्मक परिणाम आउने उनले बताए।

China Foundation for Rural Development Nepal सन् २०१५ देखि नेपालमा सक्रिय छ। भूकम्पपछिको राहत र पुनःस्थापनाबाट काम सुरु गरेको संस्थाले २०१९ देखि सीप विकास परियोजना सञ्चालन गर्दै ३१८ युवालाई प्लम्बिङ र विद्युतीय तालिम दिएको छ। यसअघि दक्षिणकाली र तारकेश्वरका किसानलाई चीनको प्राविधिक र आर्थिक सहयोगमा तालिम दिँदा सहभागी किसानमध्ये ९० प्रतिशतले नयाँ कृषि अभ्यास अपनाई कृषिउद्यम सुरु गरी कतारसम्म तरकारी निर्यात गरेका छन्। नुवाकोट र ललितपुरमा चिया मूल्य श्रृंखला विकासका लागि आधुनिक मेसिन, टिपाइ, प्रशोधन र बजार व्यवस्थापन तालिम दिई ६०० घरपरिवार लाभान्वित भएका छन्।

नेपालमा कृषि सबैभन्दा ठूलो रोजगारी क्षेत्र भए पनि कम उत्पादन, आयात बढ्दो र विशेष तालिमको अभावजस्ता चुनौती छन्। यसलाई ध्यानमा राख्दै सीएफआरडीले १७ देखि ४५ वर्ष उमेर समूहका युवालाई व्यावसायिक खेती र अफ–सिजन बाली उत्पादनतर्फ प्रोत्साहन गर्ने गरी सहयोग विस्तार गरिरहेको छ।

हाल सञ्चालन भइरहेको तालिम CTEVTसँग आबद्ध संस्थामार्फत स्वीकृत पाठ्यक्रमअनुसार प्रदान गरिएको हो। यो पहल दिगो विकास लक्ष्य SDG 8सँग मेल खाने गरी सीप विकास र स्थानीय कृषि उत्पादन प्रवर्द्धनमा केन्द्रित रहेको छ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *