गल्कोट समाज जापानले अंग्रेजी नयाँ वर्षको अवसरमा विशेष सांस्कृतिक कार्यक्रम गर्ने

What To Know

  • यसअघि समाजले गल्कोट नगरपालिका र ताराखोला गाउँपालिका अन्तर्गतका ११ वटा सामुदायिक माध्यमिक विद्यालयमा पहिलो चरणको कार्यक्रमअन्तर्गत ५५ लाख रुपैयाँ बराबरको ‘गल्कोट शिक्षाकोष’ नामक अक्षयकोष स्थापना गरी उक्त कोषबाट माध्यमिक विद्यालयहरूलाई रकम हस्तान्तरण गरिसकेको छ।.
  • अक्षयकोष स्थापना कार्यक्रमलाई निरन्तरता दिँदै गल्कोट नगरपालिका र ताराखोला गाउँपालिकामा बाँकी रहेका ८ वटा विद्यालयमा दोस्रो चरणको कार्यक्रमअन्तर्गत अक्षयकोष स्थापना गर्ने उद्देश्यसहित ‘सांगीतिक श्रृङ्खला २०२६’ घोषणा कार्यक्रमसमेत राखिएको अध्यक्ष बस्नेतले जानकारी दिनुभयो।.

कौरव खत्री
गल्कोट समाज जापानले अंग्रेजी नयाँ वर्षको अवसरमा भव्य कार्यक्रम आयोजना गर्ने भएको छ। अंग्रेजी नयाँ वर्ष २०२५ को अवसर पारेर “समृद्ध राष्ट्र निर्माणका लागि जीवनोपयोगी शिक्षा, स्वास्थ्य र खेलकुदमा लगानी” भन्ने नारासहित नयाँ वर्ष २०२६ मनाउने तयारी भइरहेको समाजका अध्यक्ष रत्नसिंह बस्नेतले जानकारी दिनुभएको छ।

नयाँ वर्षको अवसरमा आयोजना हुने सांस्कृतिक कार्यक्रममा बहुचर्चित राष्ट्रिय कलाकारहरू रामकृष्ण बम मल्ल, शिव परियार, समीक्षा अधिकारी, सूर्य खड्का लगायतका कलाकारहरूको सांगीतिक प्रस्तुति रहने अध्यक्ष बस्नेतले बताउनुभयो।

२००६ सालमा “हाम्रो गाउँ, हाम्रो ठाउँ, हातेमालो गरी समृद्ध बनाऔँ” भन्ने उद्देश्यका साथ स्थापना भएको यस समाजले सामुदायिक एकता मजबुत बनाउने, सांस्कृतिक पहिचानको संरक्षण गर्ने, सामाजिक तथा मानवीय सेवा गर्ने र विपन्न समुदायलाई सहयोग गर्दै निरन्तर अगाडि बढिरहेको छ।

समाजले डिसेम्बर ३१ तारिख ओसाका, जनवरी १ तारिख नागोया र जनवरी २ तारिख टोकियोमा कार्यक्रम आयोजना गर्ने जनाएको छ।

यसअघि समाजले गल्कोट नगरपालिका र ताराखोला गाउँपालिका अन्तर्गतका ११ वटा सामुदायिक माध्यमिक विद्यालयमा पहिलो चरणको कार्यक्रमअन्तर्गत ५५ लाख रुपैयाँ बराबरको ‘गल्कोट शिक्षाकोष’ नामक अक्षयकोष स्थापना गरी उक्त कोषबाट माध्यमिक विद्यालयहरूलाई रकम हस्तान्तरण गरिसकेको छ।

अक्षयकोष स्थापना कार्यक्रमलाई निरन्तरता दिँदै गल्कोट नगरपालिका र ताराखोला गाउँपालिकामा बाँकी रहेका ८ वटा विद्यालयमा दोस्रो चरणको कार्यक्रमअन्तर्गत अक्षयकोष स्थापना गर्ने उद्देश्यसहित ‘सांगीतिक श्रृङ्खला २०२६’ घोषणा कार्यक्रमसमेत राखिएको अध्यक्ष बस्नेतले जानकारी दिनुभयो।

नयाँ वर्षको कार्यक्रमलाई भव्य र सभ्य बनाउन जापानमा विभिन्न पेशा, व्यवसाय तथा रोजगारीमा संलग्न सम्पूर्ण गल्कोटबासीहरू तथा नेपालीहरूलाई कार्यक्रममा उपस्थित हुन समाजले आग्रह गरेको छ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *