What To Know Https. //youtu. काठमाडौं । चर्चित लोक तथा दोहोरी गायक खुमन अधिकारीको नयाँ गीत ‘सरी मायालु’ सार्वजनिक भएको छ। अधिकारी र गायिका शान्ता…
एन आई सी एशिया बैंककाे लिलाम बिक्रीमा रहेका सम्पत्तिको विस्तृत जानकारी अनलाइन पोर्टलमा
What To Know
- बैंकको नाममा रहेका बैंकिङ सम्पत्ति, गैर–बैंकिङ सम्पत्ति तथा धितो सुरक्षणमा रहेका सम्पत्तिहरूको लिलाम बिक्रीसम्बन्धी सम्पूर्ण विवरण अनलाइन पोर्टलमार्फत उपलब्ध गराइएको बैंकले जनाएको छ। लिलाम बिक्रीसम्बन्धी सूचनामा समावेश क्युआर कोड स्क्यान गरेर वा https.
- बैंकका अनुसार उक्त अनलाइन पोर्टलमा नियमित रूपमा बैंकिङ तथा गैर–बैंकिङ सम्पत्ति र धितो सुरक्षणमा रहेका लिलाम बिक्रीसम्बन्धी सूचनाहरू अद्यावधिक गरिनेछ। खरिद गर्न इच्छुक ग्राहकहरूले पोर्टलमार्फत बिक्रीमा रहेका सम्पत्तिको विस्तृत जानकारी लिएर लाभ लिन सक्ने बैंकको विश्वास छ।.
काठमाडौँ । एन आई सी एशिया बैंकले लिलाम बिक्रीमा राखिएका सम्पत्तिसम्बन्धी विस्तृत जानकारी अनलाइन पोर्टल मार्फत सार्वजनिक गरेकाे छ ।
बैंकको नाममा रहेका बैंकिङ सम्पत्ति, गैर–बैंकिङ सम्पत्ति तथा धितो सुरक्षणमा रहेका सम्पत्तिहरूको लिलाम बिक्रीसम्बन्धी सम्पूर्ण विवरण अनलाइन पोर्टलमार्फत उपलब्ध गराइएको बैंकले जनाएको छ। लिलाम बिक्रीसम्बन्धी सूचनामा समावेश क्युआर कोड स्क्यान गरेर वा https://auctionassistance.nicasiabank.com
पोर्टलमा प्रवेश गरी सम्पत्तिको कित्ता नम्बर, क्षेत्रफल, फोटो, नक्सा तथा गुगल म्यापसहितको स्थान विवरण हेर्न सकिने व्यवस्था गरिएको छ।
लिलाममा राखिएको कुनै सम्पत्तिबारे थप जानकारी आवश्यक परेमा सम्बन्धित विवरण रहेको स्थानमा उपलब्ध म्यासेज बक्समार्फत पूरा नाम, इमेल ठेगाना, मोबाइल नम्बर र सम्पर्क ठेगाना उल्लेख गरी सन्देश पठाउन सकिने बैंकले जनाएको छ।
बैंकका अनुसार उक्त अनलाइन पोर्टलमा नियमित रूपमा बैंकिङ तथा गैर–बैंकिङ सम्पत्ति र धितो सुरक्षणमा रहेका लिलाम बिक्रीसम्बन्धी सूचनाहरू अद्यावधिक गरिनेछ। खरिद गर्न इच्छुक ग्राहकहरूले पोर्टलमार्फत बिक्रीमा रहेका सम्पत्तिको विस्तृत जानकारी लिएर लाभ लिन सक्ने बैंकको विश्वास छ।
उक्त जानकारी सहायक प्रमुख कार्यकारी अधिकृत तथा प्रमुख सूचना अधिकारी जयन्द्र रावलद्वारा जारी गरिएको हो।






