What To Know Https. //youtu. काठमाडौं । चर्चित लोक तथा दोहोरी गायक खुमन अधिकारीको नयाँ गीत ‘सरी मायालु’ सार्वजनिक भएको छ। अधिकारी र गायिका शान्ता…
आर्थिक अपचलनमा प्रभु बैंकका सीईओ शेरचन सीआईबीको फन्दामा
काठमाडौं । प्रभु बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) अशोक शेरचन पक्राउ परेका छन् । आर्थिक अपचलनको आरोपमा उनलाई प्रहरीले पक्राउ गरेको हो ।
प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरो सीआईबीले उनलाई नियन्त्रणमा लिएको प्रवक्ता एसएसपी शिव श्रेष्ठले बताएका छन् ।
यसअघि प्रभु ग्रुपका अध्यक्ष देवीप्रसाद भट्टचन पक्राउ परेका थिए । उनीविरुद्ध ९८ करोड रुपैयाँ ठगी गरेको आरोप लगाउँदै प्रभु म्यानेजमेन्टकी अध्यक्ष कुसुम लामाले जाहेरी दिएकी थिइन्।
भट्टचनमाथि अनुसन्धानका क्रममा बैंकका सीईओ शेरचनलाई नियन्त्रणमा लिएर अनुसन्धान गर्नुपर्ने भएका कारण पक्राउ गरिएको सीआईबीका अनुसन्धान अधिकृतहरुले बताएका छन् ।






