ऊर्जामन्त्री घिसिङ नयाँ दिल्लीमा

काठमाडौँ। ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री कुलमान घिसिङ अन्तर्राष्ट्रिय सौर्य गठबन्धन (आइएसए) को आठौं सभामा भाग लिन भारतको राजधानी नयाँदिल्ली पुग्नुभएको छ।

मन्त्री घिसिङलाई दिल्लीस्थित इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा भारतस्थित नेपाली दूतावासका राजदूत शङ्कर शर्मा र भारत सरकार विदेश मन्त्रालयका नर्दन डिभिजनका डेपुटी सेक्रेटरी तुसारन्शु शर्माले स्वागत गर्नुभएको छ।

मन्त्री घिसिङ आइएसएमा आबद्ध सदस्य राष्ट्रका ऊर्जा मन्त्री र प्रतिनिधिबिचको सौर्य ऊर्जा प्रवर्धन, दिगो ऊर्जा आपूर्ति विस्तार, जलवायु परिवर्तन न्यूनीकरणका पहल तथा सहकार्यका विषयमा हुने उच्चस्तरीय छलफलमा सहभागी हुनुहुने छ।

छलफल सभामा मन्त्री घिसिङले नेपालको तर्फबाट सहभागिता जनाएर सम्बोधन गर्ने कार्यक्रम रहेको उहाँको निजी सचिवालयले जनाएको छ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *