काठमाडौं । चर्चित लोक तथा दोहोरी गायक खुमन अधिकारीको नयाँ गीत ‘सरी मायालु’ सार्वजनिक भएको छ। अधिकारी र गायिका शान्ता रानी परियारको स्वर रहेको उक्त…
ग्राहकहरूलाई खातामा ईमेल ठेगाना अद्यावधिक गर्न एनआईसी एशिया बैंककाे अनुरोध
काठमाडौं । एनआईसी एशिया बैंकले आफ्ना ग्राहकहरूलाई खातामा रहेको ईमेल ठेगाना अद्यावधिक गर्न अनुरोध गरेको छ।
बैंकले जारी गरेको विज्ञप्तिमा भनिएको छ कि गतिशील बैंकिङ अभ्यास गर्दै आएका लाखौं ग्राहकहरूले आफ्नो ईमेल ठेगाना अद्यावधिक गरेर सेवामा अझ सहजता ल्याउन सक्नेछन्।
ग्राहकहरूले बैंकको भिडियो केवाईसी पोर्टल https://www.nicasiabank.com/video-kyc/
वा मोबाइल बैंकिङ एप NIC ASIA MoBank मा गएर My Profile मा रहेको Change Email विकल्पमार्फत ईमेल ठेगाना अद्यावधिक गर्न सक्नेछन्।
त्यसका अतिरिक्त, इच्छुक ग्राहकहरूले आफ्नो नजिकको बैंक शाखाबाट पनि ईमेल ठेगाना अद्यावधिकका लागि आवेदन दिन सक्ने व्यवस्था गरिएको बैंकले जनाएको छ।
बैंकले ईमेल ठेगाना अद्यावधिक नगरेका ग्राहकहरूलाई आवश्यक जानकारीका लागि नजिकको शाखा कार्यालय वा ग्राहक सम्पर्क केन्द्रका फोन नम्बर १६६०–०१–७७७७१ वा ०१–५९७०१०१ मा सम्पर्क गर्न आग्रह गरेको छ।
बैंकका सहायक प्रमुख कार्यकारी अधिकृत तथा प्रमुख सूचना अधिकारी अर्जुन राज खनियाले सबै ग्राहकहरूलाई आफ्नो ईमेल ठेगाना शीघ्र अद्यावधिक गर्न आग्रह गरेका छन्।






