What To Know नेपाली चलचित्र क्षेत्रका महानायक राजेश हमालको जीवन, अभिनय, व्यक्तित्व र बोली दशकौंदेखि लाखौं दर्शकको मनमा बसेको छ। उनी एक सफल कलाकार मात्र…

एटिएमबाट निकाल्ने पैसाको सीमा घट्यो
What To Know
- हाल डेबिट कार्ड प्रयोग गरी एटिएमबाट प्रतिकारोबार २५ हजार रुपियाँ झिक्न सकिन्छ । त्यसै गरी दैनिक एक लाख र मासिक चार लाख रुपियाँको सीमा तोकिएको छ । अब भने प्रतिकारोबार एटिएमबाट २० हजार, दैनिक ५० हजार र मासिक तीन लाख रुपियाँ मात्रै झिक्न सकिने छ ।.
- त्यसै गरी क्रेडिट कार्डको सीमा पनि परिवर्तन भएको छैन । बैङ्क तथा वित्तीय संस्थाबाहेकका सेवाप्रदायक संस्थाले जारी गर्ने प्रिपेड कार्डको प्रतिदिन पाँच हजार र प्रतिमहिना २५ हजार रुपियाँको सीमा पनि परिवर्तन भएको छैन ।.
काठमाडौँ । एटिएमको प्रयोग गरी डेबिट कार्डबाट गरिने कारोबारको सीमा घटाइएको छ । नेपाल राष्ट्र बैङ्कले शुक्रबार जारी गरेको निर्देशन अनुसार डेबिट कार्डबाट गरिने कारोबार सीमा २० देखि ५० प्रतिशतसम्म घटाइएको हो ।
हाल डेबिट कार्ड प्रयोग गरी एटिएमबाट प्रतिकारोबार २५ हजार रुपियाँ झिक्न सकिन्छ । त्यसै गरी दैनिक एक लाख र मासिक चार लाख रुपियाँको सीमा तोकिएको छ । अब भने प्रतिकारोबार एटिएमबाट २० हजार, दैनिक ५० हजार र मासिक तीन लाख रुपियाँ मात्रै झिक्न सकिने छ ।
बैङ्क तथा वित्तीय संस्थाले जारी गर्ने प्रिपेड कार्डको प्रतिकारोबार १० हजार, प्रतिदिन २० हजार र प्रतिमहिना दुई लाख रुपियाँको सीमा यथावत रहेको छ ।
त्यसै गरी क्रेडिट कार्डको सीमा पनि परिवर्तन भएको छैन । बैङ्क तथा वित्तीय संस्थाबाहेकका सेवाप्रदायक संस्थाले जारी गर्ने प्रिपेड कार्डको प्रतिदिन पाँच हजार र प्रतिमहिना २५ हजार रुपियाँको सीमा पनि परिवर्तन भएको छैन ।