काठमाडौं । चर्चित लोक तथा दोहोरी गायक खुमन अधिकारीको नयाँ गीत ‘सरी मायालु’ सार्वजनिक भएको छ। अधिकारी र गायिका शान्ता रानी परियारको स्वर रहेको उक्त…
लुम्बिनी लायन्सकाे नयाँ आधिकारिक वेबसाइट सार्वजनिक
काठमाडौं । लुम्बिनी लायन्सले आफ्नो नयाँ आधिकारिक वेबसाइट www.lumbinilions.com.np
र www.lumbinilions.com.np.lu औपचारिक रूपमा सार्वजनिक गरेको छ।
नयाँ वेबसाइटलाई रातो रङ र सिंहलाई मुख्य विषयवस्तु बनाइएर प्रस्तुत गरिएको छ। क्लबका अनुसार रातो रङ टिमको साहस, दृढता र उर्जाको प्रतीक हो। यस वेबसाइटमार्फत समर्थकहरूले टिमसँग अझ नजिक अनुभव गर्ने अपेक्षा गरिएको छ।
नयाँ प्लेटफर्ममा नेपाल प्रिमियर लिग (NPL) सम्बन्धी सबै तथ्यांक, खेल तालिका, नतिजा, अभिलेख, समाचार, घोषणाहरू र लेखहरू उपलब्ध हुनेछन्। साथै, समर्थकहरूले प्रत्यक्ष रूपमा जर्सी तथा अन्य सामग्री खरिद गर्न सक्ने सुविधा पनि रहनेछ। यसका लागि लुम्बिनी लायन्सले आधिकारिक साझेदार दराजसँग सहकार्य गरेको छ।
लुम्बिनी लायन्सका अध्यक्ष ईश्वर जी.सी.ले भने, “हाम्रो नयाँ वेबसाइटमार्फत समर्थकहरू टिमसँग अझ नजिक रहन पाउनेछन्। यो हाम्रो लागि निकै उत्साहजनक कुरा हो। यो प्लेटफर्मले डिजिटल अनुभवलाई सहज, आकर्षक र आधुनिक बनाउनेछ। हामी समर्थकहरूलाई सबै जानकारी, समाचार र सामग्री समयमै उपलब्ध गराउने प्रतिबद्धतामा छौं।”
क्लबले नयाँ वेबसाइटलाई टिमका गतिविधि, समाचार र सम्पर्कका लागि मुख्य केन्द्रको रूपमा प्रयोग गर्ने जनाएको छ।






