What To Know नेपाली चलचित्र क्षेत्रका महानायक राजेश हमालको जीवन, अभिनय, व्यक्तित्व र बोली दशकौंदेखि लाखौं दर्शकको मनमा बसेको छ। उनी एक सफल कलाकार मात्र…

नेपालको सार्वभौमसत्ता र अखण्डता जोगाउन एकतावद्ध हुुनुपर्छ : अध्यक्ष ओली
What To Know
- संविधान जोगाएर मुलुकको सार्वभौमसत्ताको रक्षा गर्न अनिवार्य रहेको बताउँदै उहाँले त्यसकालागि सबै नेपाली सजग र संवेदनशील बन्नुपर्ने उहाँको सुझाव छ । उहाँले भन्नुभएको छ, “यो संविधान निर्माण गर्दा हामीले भोगेका चुनौती तपाईँहरूको सम्झनामा ताजै छ । नाकाबन्दी र देशको सार्वभौमसत्तामाथि उत्पन्न चुनौतीलाई समेत परास्त गर्दै संविधान जारी भएको थियो । तसर्थ नेपालको संविधान नेपाली जनताले आफैले आफ्ना निम्ति लेखेको भविष्य रेखा हो ।”.
- नेपालको हितका लागि हामी सबै पुस्ताका नेपाली एकजुट हुनुपर्ने बेला आएको उहाँको भनाइ छ । “सार्वभौमसत्तामाथि गरिएको प्रहार र हाम्रो संविधानको रक्षा गर्नका लागि पनि नेपालीको एकता आवश्यक रहेको उहाँको भनाइ छ । सार्वभौमसत्ता हाम्रो अस्तित्व हो भने संविधान हाम्रो स्वतन्त्रताको कवच हो। हाम्रो एकताले नै देशसामु उत्पन्न यो अकल्पनीय सङ्कटबाट फेरि देशलाई उठाउन र जोगाउन सक्छ” उहाँले भन्नुभएको छ ।.
काठमाडौं । पूर्व प्रधानमन्त्री तथा नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले संविधान दिवसको अवसरमा लामो संघर्ष, बलीदानबाट प्राप्त संविधान र लोकतान्त्रिक गणतन्त्रात्मक संघीय समावेशी व्यवस्था, जनताको अधिकार स्थापित भएको दिनको रक्षा गर्न सबैमा आग्रह गर्नुभएको छ । आज सामाजिक सञ्जालमा शुभकामना सन्देश दिनुहुँदै उहाँले सो आग्रह गर्नुभएको हो ।
संविधान जोगाएर मुलुकको सार्वभौमसत्ताको रक्षा गर्न अनिवार्य रहेको बताउँदै उहाँले त्यसकालागि सबै नेपाली सजग र संवेदनशील बन्नुपर्ने उहाँको सुझाव छ । उहाँले भन्नुभएको छ, “यो संविधान निर्माण गर्दा हामीले भोगेका चुनौती तपाईँहरूको सम्झनामा ताजै छ । नाकाबन्दी र देशको सार्वभौमसत्तामाथि उत्पन्न चुनौतीलाई समेत परास्त गर्दै संविधान जारी भएको थियो । तसर्थ नेपालको संविधान नेपाली जनताले आफैले आफ्ना निम्ति लेखेको भविष्य रेखा हो ।”
नेपालमा कसैले नाकाबन्दी लगाउन नसकोस भनेर भूपरिवेष्ठित देशलाई भूजडित बनाइएको उहाँले स्मरण गर्नुभएको छ । “गत साता जेनजीको शान्तिपूर्ण हुने भनिएको प्रदर्शनका क्रममा घुसपैठ भयो, आह्वानकर्ताले भनेझैं । त्यसमा घुसपैठ गर्ने षड्यन्त्रकारीहरूले हिंसा मच्चाए, हाम्रा युवाहरुको ज्यान गयो। सरकारले प्रदर्शनकारीलाई ताकीताकी गोली हान्ने आदेश दिएको थिएन” उहाँले थप्नुभयो, “प्रहरीसँग नभएका स्वचालित हतियारले गोली हानेको घटनाको छानबिन हुनु पर्दछ । त्यस घटनाप्रति म फेरि दुःख व्यक्त गर्दै दिवंगत युवाहरूप्रति श्रध्दाञ्जली एवं घाइतेहरुको स्वास्थ्यलाभको कामना गर्दछु।”
सिंहदरबार जलाएर, नेपालको नक्सा जलाएर नेपालको निशानी मेटाउने प्रयास गरिएकोमा दुःख व्यक्त गर्दै पूर्व प्रधानमन्त्री ओलीले भन्नुभएको छ, “जनप्रतिनिधि संस्था, न्यायालय, व्यापारिक प्रतिष्ठान र राजनीतिक दलका कार्यालय, तिनका नेता कार्यकर्ताको घर, व्यक्तिगत सम्पत्ति छानीछानी खरानी बनाइएको छ।”
“हाम्रो देश बनिरहेको थियो कि बिग्रेको थियो, वा देश बिग्रेको काल्पनिक भाष्य खडा गरेर आक्रोश विस्तार मात्रै गरिएको थियो ? यी सबै कुरा हाम्रो नयाँ पुस्ताले आफैं महसुस गर्नुपर्छ” भन्नुहुँदै एमाले अध्यक्ष समेत रहनुभएका ओलीले भन्नुभएको छ, “विदेश जाने र आउने एयरपोर्टको भिडलाई नकारात्मक भनिरहेको समाज आज देश बाहिरको अनुमति बन्द हुनुलाई के ठान्ला, यो पनि समयले महसुस गराउने छ। हाम्रो नयाँ पुस्ताले आफैं बुझ्नेछ । यो कुरा समय छँदै बुझ्नु पर्नेछ, नबुझेमा हाम्रो देशको सार्वभौमसत्ता इतिहासमा मात्र रहने छ।”
युवा पुस्ताहरुलाई काजी भीम मल्लको मृत्युदण्डबारेको इतिहास पढ्न उहाँले सुझाव दिनुभएको छ । “देशको सीमाना विस्तार गरेर फर्केका भीम मल्ललाई देश फर्किनासाथ काटिएपछि पछुताउने मात्र विकल्प बाँकी रह्यो। यथार्थभन्दा बाहिर गएर विस्तार गरिएका असन्तोषका परिणामहरु पछुताउन मात्र काम लाग्छन्, त्यस पछुतोले नै बनिरहेको देशको झन् झन् गाढा सम्झना गराउने छ” अध्यक्ष ओलीले भन्नुभएको छ ।
नेपालको हितका लागि हामी सबै पुस्ताका नेपाली एकजुट हुनुपर्ने बेला आएको उहाँको भनाइ छ । “सार्वभौमसत्तामाथि गरिएको प्रहार र हाम्रो संविधानको रक्षा गर्नका लागि पनि नेपालीको एकता आवश्यक रहेको उहाँको भनाइ छ । सार्वभौमसत्ता हाम्रो अस्तित्व हो भने संविधान हाम्रो स्वतन्त्रताको कवच हो। हाम्रो एकताले नै देशसामु उत्पन्न यो अकल्पनीय सङ्कटबाट फेरि देशलाई उठाउन र जोगाउन सक्छ” उहाँले भन्नुभएको छ ।