Gen-Z को नाममा खेल ! जनताले नबुझेपछि देश ठूला भ्रष्टाचारी र विदेशीको हातमा

What To Know

  • त्यतिमात्र होइन न्यायको थलो सर्वोच्च अदालत, संसद् भवन, विभिन्न सरकारी निकाय, जिल्ला अदालतहरु, प्रहरी चौकी तथा भवनहरु, निजी सम्पत्तिमा समेत आगो लगाए । उनीहरुकै कारण आज देशलाई खर्बौको क्षति पुगेको छ । साथै, ५४ जनाले आन्दोलनका क्रममा ज्यान गुमाउनुपरेको छ । जेनजी आन्दोलन राष्ट्रियतका लागि भनिएको छ । दार्जेलिङ, सिक्किम, कोलकत्ता, टकनपुर, कालापानी, लिम्पियाधुरा, लिपुलेकलगायत नेपाली भूभाग भारत र चीनको कब्जामा छ ।.
  • ०६२–०६३ को १९ गते आन्दोलनमा पनि धेरै जनताले ज्यान गुमाए । सयौं घाइते भए । अनि बल्ल मुलुकबाट राजतन्त्र हटेर लोकतन्त्र गणतन्त्र आएको हो । सुशीला कार्कीको खर्बौको सम्पत्ति रहेको बताइन्छ । कुलमानले भ्रष्टाचार गरेको उजुरी अख्तियारमा परेको छ । रवि सहकारी ठगीका अभियुक्त हुन् भने बालेनले फुटपाथ बनाउने नाममा करोडौं भ्रष्टाचार गरेको आरोप छ ।.

रुषा थापा
२०७९ मंसिर ४ गतेको प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनमा ८९ सिट जित्दै नेपाली काँग्रेस संसद्को ठूलो दल बन्यो । चुनावमा नेकपा एमालेले ७८, माओवादीले ३२, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले २०, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले १४, जसपाले १२, नेकपा एकीकृत समाजवादीले १०, जनमत पार्टीले ६, लोसपाले चार, नागरिक उन्मुक्ति पार्टीले तीन र राष्ट्रिय जनमोर्चा तथा नेमकिपाले एक–एक सिट जितेको थियो ।

त्यस्तै, स्वतन्त्र उम्मेदवारी दिएका पाँच जना पनि प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका थिए । सो चुनावअघि ०७९ वैशाखमा स्थानीय तह चुनाव भएको थियो । जसमा पनि काँग्रेस, एमालेलगायत यी दलहरु जितेका थिए । काठमाडौं महानगरपालिकाका भने बालेन्द्र शाह (बालेन) ले स्वतन्त्रबाट जिते । अहिले उनलाई जोट दिने जनताहरु पछुताएका छन् । पहिले राम्रो मानिएका उनको अहिले असली रुप देखिँदैछ ।

बालेनले काठमाडौंलाई राम्रो बनाउने भन्दै ठिकठाक रहेका पुराना ब्लक निकालेर महँगा ढुंगा तथा टायल हालेका छन् । त्यसमा उनले करोडौं भ्रष्टाचार गरेको आरोप छ । त्यति मात्र होइन उनले झिंगटी हालेर ठाउँ ठाउँमा बनाइएको बसस्टप पनि करोडौं भ्रष्टाचार गरेको आरोप लागेको छ । बालेन उपत्यकाका रैथाने बासिन्दा होइनन् । बाहिरबाट भएपनि केही गर्छन् भन्ने आशाले उनलाई भोट दिएका ६३ हजार बढी काठमाडौंबासी अहिले थकथकी भएका छन् ।

किनकि उनकै कारण आज नेपालको इतिहास जलेको छ । देश तहसनहस हुन पुगेको छ । बालेनसहित रास्वपा सभापति रवि लामिछाने, पूर्वप्रधानन्यायाधीश सुशीला कार्की, नेपाल विद्युत प्राधिकरणका पूर्वकार्यकारी निर्देशक कुलमान घिसिङ र जेनजी आन्दोलनका अगुवा सुदन गुरुङको मिलेमतोमा यो सबै भएको हो । उनीहरु आफू सत्तामा पुग्न सयौं वर्षको इतिहास बोकेको मुलुककै बसैभन्दा ठूलो र महत्त्वपूर्ण सिंहदरबारमा आगो लगाए ।

त्यतिमात्र होइन न्यायको थलो सर्वोच्च अदालत, संसद् भवन, विभिन्न सरकारी निकाय, जिल्ला अदालतहरु, प्रहरी चौकी तथा भवनहरु, निजी सम्पत्तिमा समेत आगो लगाए । उनीहरुकै कारण आज देशलाई खर्बौको क्षति पुगेको छ । साथै, ५४ जनाले आन्दोलनका क्रममा ज्यान गुमाउनुपरेको छ । जेनजी आन्दोलन राष्ट्रियतका लागि भनिएको छ । दार्जेलिङ, सिक्किम, कोलकत्ता, टकनपुर, कालापानी, लिम्पियाधुरा, लिपुलेकलगायत नेपाली भूभाग भारत र चीनको कब्जामा छ ।

यदि उनीहरुले साँच्चिकै राष्ट्रियताका लागि आन्दोलन गरेको भए यी भूभागका बारेमा आवाज उठ्थ्यो । यो भूभाग फिर्ता ल्याउन पहल गर्थे । तर, आन्दोलनमा एकचोटि पनि यस विषयमा आवाज उठेन । बरु भएको सरकारी, सार्वजनिक, निजी सम्पत्तिहरुमा आगो सल्काइयो । नेपालको वैदेशिक ऋण २९ खर्ब ४२ अर्ब पुगिसकेको छ ।

निर्माण व्यवसायीको ४५ अर्ब, दुध तथा उखु किसानको सात अर्ब र कोरोना बीमाको २४ अर्ब बक्यौता दिन बाँकी छ । विदेशबाट लिएको ऋण, यी निर्माण व्यवसायी, कृषक र अस्पतालको भुक्तानी नदिई, जनताले तिरेको कर र विदेशमा नेपाली दाजुभाई, दिदीबहिनी, आमाबुबाले रगतपसिना बगाई कमाएर पठाएको पैसाबाट बनाइएको सरकारी, सार्वजनिक भवनहरु यिनीहरुकै स्वार्थका निम्ति खरानी बनाइयो ।

अहिले जनता भन्छन्, ‘सरकारी सम्पत्तिमा आगो लगाउने बालेन, रवि, सुशीला, कुलमान, सुदनलाई तत्काल पक्राउ गर्नुपर्छ ।’ तर, राष्ट्रपति रामचन्द्र पौडेल चाँहि यस्तैहरुको माग सम्बोधन गर्दै सुशीलालाई प्रधानमन्त्री नियुक्त गर्छन् । यिनीहरुका कारण राजनीतिक दलका नेताहरुको भागाभाग चल्यो । नेताहरुको घरमा आगो लगाइएको छ भने नेतामाथि कुटपिट समेत भयो । अनि हिजो यी नेताहरुलाई जिताउने जनता कहाँ गए ? ती राजनीतिक दलका कार्यकर्ता कहाँ लुके ? किन उनीहरु मौन छन् ?

किन सिंहदरबारमा आगो लगाउनेहरुविरुद्ध सडकमा उत्रिदैँनन् ? सडक सडकमा सिसिटिभी क्यामरा जोडिएको छ । अनि प्रहरीले किन सरकारी, निजी सम्पत्तिमा आगो सल्काउनेहरुलाई नसमातेको ? सुशीला कार्की नेपाली नागरिक होइनन् । उनी भारतीय नागरिककी छोरी हुन् । नेपाली नागरिकसँग विवाह गरेकी उनी प्रधानन्यायाधीश हुँदा धेरै सरकारी, सार्वजनिक, गुठी, ऐलानीलगायत जग्गा व्यक्तिको नाममा गराउने फैसला गरेकी हुन् । त्यतिमात्र होइन उनी घुस खान पनि एक नम्बरमै पर्छिन् ।

त्यसैले, उनलाई तत्कालिन सदनले महाअभियोगसमेत लगाएको थियो । नेपालको राजनैतिक परिवर्तनमा सुशीलासहित बालेन, रवि, कुलमान, जेनजी अभियन्ता सुदनको केही पनि योगदान छैन । जब मुलुक राजतन्त्रजस्तो निरंकुश शासन व्यवस्थामा थियो, तब यिनीहरु मोजमस्ती गरिरहेका थिए, आफ्नै जीवनमा व्यस्त थिए । ०५२ फागुन १ गतेबाट शुरु भएको दश वर्षे जनयुद्धमा १७ हजार जनता मारिए । हजारौं घाइते, अंगभंग अनि बेपत्ता भए । ती बेपत्ता नागरिक अझै भेटिएका छैनन् ।

०६२–०६३ को १९ गते आन्दोलनमा पनि धेरै जनताले ज्यान गुमाए । सयौं घाइते भए । अनि बल्ल मुलुकबाट राजतन्त्र हटेर लोकतन्त्र गणतन्त्र आएको हो । सुशीला कार्कीको खर्बौको सम्पत्ति रहेको बताइन्छ । कुलमानले भ्रष्टाचार गरेको उजुरी अख्तियारमा परेको छ । रवि सहकारी ठगीका अभियुक्त हुन् भने बालेनले फुटपाथ बनाउने नाममा करोडौं भ्रष्टाचार गरेको आरोप छ ।

यता, जेनजीका अभियन्ता सुदन गुरुङ त एनजीओ चलाउँछन् । एनजीओमार्फत गरिबको नाम बेचेर उनले अर्बौ विदेशी डलर ल्याएर पचाएको आरोप छ । यिनीहरु काँग्रेस, एमाले नेताभन्दा ठूलो भ्रष्टाचारी, विदेशीको जासुस छन् । अनि यस्ता ठग, भ्रष्टाचारी व्यक्तिहरुले देश बनाउँछन् त ? त्यसैले, अब जनताले यो सरकारलाई कर तिर्नुहुन्न । विदेशीले पनि नेपाललाई ऋण र अनुदान दिनहुन्न । त्यसपछि थाहा हुन्छ अहिले जलाइएका सरकारी सम्पत्ति यिनीहरुले कसरी पुनःनिर्माण गर्छन् ?

भदौ २३ र २४ गते आफ्नो स्वार्थका निम्ति यिनीहरुले राजनीतिक दलका नेताहरुको घर खरानी बनाए । सरकारी सम्पत्ति पनि खरानी पारे । अब केही महिनौंमै सुशीला, बालेन, रवि, कुलमान र सुदनको घरमा पनि आगो लाग्ने छ । किनकि सत्ताबाहिर हुँदा काम गरेन, नेताले भ्रष्टाचार गर्यो भनेर आरोप लगाउन सजिलो छ तर आफू सत्तामा पुगेपछि त जनताले पनि सबै हेरिहाल्छन् । तब यिनीहरुको पनि असली चेहेरा जनताले देख्नेछन् ।

अब काँग्रेस, एमालेसहितका राजनैतिक दलका कार्यकर्ता सडकमा आउन ढिलो भइसक्यो । देश सिध्याउन लागि परेका यिनीहरुविरुद्ध दलका कार्यकर्ता अब एकजुट भएर प्रतिवादमा उत्रिनुपर्छ । नभए आज सिंहदरबार, सर्वोच्च अदालतलगायत सरकारी सम्पत्ति जलाएका यिनीहरुले भोलि देशै विदेशीको जिम्मा लगाउन बेर छैन ।

सुशीला, बालेन, रवि, कुलमान, सुदनले देश छोड्न दिनगन्ती शुरु गरे हुन्छ । अब जनताले यिनीहरुलाई छोड्ने छैनन् । जनताले तिरेको करबाट बनेको सम्पत्ति जलाएर जनतामाथि नै शासन चलाउन खोज्ने यिनीहरु अब धेरै समय टिक्न पाउने छैनन् । बालेनलाई त अब काठमाडौंबासीले नै लखेट्ने छन् । किनकि उनले सिंहदरबार जलाएकालाई महानगरबासीले तिरेको करबाट खाना खुवाउने र उपचार गराइरहेका छन् ।

राज्यको सम्पत्ति खरानी बनाउनेलाई भात खुवाउन र उपचार गराउन काठमाडौंबासीले कर तिरेका हुन् र ? यसबाट पनि थाहा हुन्छ कि यो आन्दोलनका मुख्य नेतृत्वकर्ता बालेन हुन् । सबै सरकारी सम्पत्ति खरानी बनाउने पनि उनी नै हुन् । त्यसकारण अब जनताले उनलाई छोड्नुपर्छ । जसरी उनले मुलुकलाई निरंकुश राजतन्त्रबाट हटाउन संघर्ष गरेका नेताहरुलाई लखेटे, त्यसरी नै बालेनलाई पनि जनताले लखेटन्े छन् । किनकि अरुलाई सिध्याएर, आफू बाँच्न सकिँदैन । ढिलोचाँडो अवश्य पाप धुरीबाट कराउँछ ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *