What To Know नेपाली चलचित्र क्षेत्रका महानायक राजेश हमालको जीवन, अभिनय, व्यक्तित्व र बोली दशकौंदेखि लाखौं दर्शकको मनमा बसेको छ। उनी एक सफल कलाकार मात्र…

गृहमन्त्री लेखकले दिए राजीनामा
काठमाडौं। सरकारका प्रवक्ता, सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले जेनजी पुस्ताको प्रदर्शनका क्रममा भएको घटनाप्रति दुःख व्यक्त गर्दै त्यसबारे छानविन समिति गठन गरी अवस्थाबारे जनतालाई जानकारी गराउने निर्णय भएको बताउनुभएको छ ।
आज बसेको मन्त्रिपरिषद बैठकबारे पत्रकारलाई जानकारी गराउँदै उहाँले सो कुरा बताउनुभएको हो । आजको बैठकमा गृहमन्त्री रमेश लेखकले पदबाट राजिनामा दिनुभएको पनि उहाँले जानकारी दिनुभयो ।
सरकारका प्रवक्ता गुरुङले अरु मन्त्रीहरुको राजिनामा नआउने तर घटनाबारे सत्यतथ्य कुरा छानविन समितिमार्फत बाहिर ल्याउने बताउनुभयो । सरकारले सामाजिक सञ्जालको नियमन गर्नेगरी सूचीकरणका लागि प्रयास गरेको भए पनि त्यसको गलत अर्थ लगाइएको उहाँले प्रष्ट पार्नुभयो । सामाजिक सञ्जाललाई बहाना बनाएर जुन घटना घटाइयो यो दुःखद छ भन्नुहुँदै उहाँले मृतकहरुका परिवारलाई सरकारको तर्फबाट उचित क्षतिपूर्ति र घाइतेको निःशुल्क उपचार गर्ने निर्णय भएको बताउनुभयो ।