What To Know Https. //youtu. काठमाडौं । चर्चित लोक तथा दोहोरी गायक खुमन अधिकारीको नयाँ गीत ‘सरी मायालु’ सार्वजनिक भएको छ। अधिकारी र गायिका शान्ता…
जेनजी आन्दोलनमा घुसपैठ भएपछि फिर्ता हुन आह्वान
काठमाडौँ। जेन जीको प्रदर्शनमा घुसपैठ भएको भन्दै जेनजी नेपालले युवाहरूलाई फिर्ता हुन आह्वान गरेको छ । जेनजी नेपाल नामको फेसबुक पेजबाट त्यस्तो आह्वान गरिएको छ ।
आह्वानमा भनिएको छ, ‘कृपया तत्काल सुरक्षित तरिकाले बाहिर निस्किनुहोस् । केही घुसपैठ र स्वार्थ प्रेरित समूहहरूले भिडलाई उत्तेजित बनाउन लागे । चाँडोभन्दा चाँडो त्यहाँबाट फिर्ता हुनुस् । आजको हाम्रो कार्यक्रम सफल भइसकेको छ । सबै जना सुरक्षित तरिकाले घर जानुहोला ।’






