नेताहरुले सेवा गर्ने नाममा देशकै बलि चढाउँदासमेत पूर्वराजादेखि जनतासम्म चुपचाप !

What To Know

  • विदेशबाट नेपालीले पठाएको रेमिट्यान्स पनि छैन । त्यतिले नपुगेर सरकारी, सार्वजनिक, गुठी, ऐलानी, मठमन्दिर, हदबन्दी बढीका जग्गामाथि समेत आँखा लगाइयो । देशभरका सरकारी सम्पत्ति व्यक्तिको नाममा गएको अवस्था छ । अहिले राज्य कंगाल छ । अनि देश र जनताको यही अवस्था बनाउन शीर्ष नेताहरुले लोकतन्त्र गणतन्त्र ल्याएका रहेछन् । जेल बसेका रहेछन्, मान्छे मारेका रहेछन् ।.
  • जनयुद्धमा राज्यलाई ठूलो घाटा भयो । खर्बौको सम्पत्ति तहसनहस भयो । शोषक, सामान्तीको अन्त्य गर्न आफूले जनयुद्ध गरेको प्रचण्डले दाबी गर्ने गरेका छन् । तर, अहिलेको अवस्था हेर्दा उनी नै शोषक, सामानती देखिन्छन् । प्रचण्डको हातमा अहिले ७८ लाखको घडी छ । उनले लगाउने हरेक कपडा लाखौंको हुन्छ । उनको जीवनशैली निकै महँगो छ । छोरालाई मेयर, बुहारीलाई मन्त्री र भाईलाई राष्ट्रिय सभा अध्यक्ष बनाएका छन्, प्रचण्डले ।.

रुषा थापा
सर्वसाधारण जनता प्रधानमन्त्री केपी शर्मा ओली, माओवादी अध्यक्ष पुष्ष्पकमल दाहाल प्रचण्ड र कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रश्न गर्छन्–भारत र चीनले कब्जा गरेको दार्जेलिङ, सिक्किम, टकनपुर, कोलकत्ता, कालापानी, लिम्पियाधुरा, लिपुलेकसहितका भूभाग कहिले फिर्ता ल्याउने ? विदेशी ऋण २९ खर्ब ४२ अर्ब तिर्ने स्रोत के छ ?

निर्माण व्यवसायीको ४५ अर्ब, दुग्ध तथा उखु किसानको सात अर्ब र कोरोना बीमा गराएका अस्पतालहरुको २४ अर्ब कसरी तिर्ने ? बुढाबुढी, अपांग, एकल महिलालगायतलाई भत्ता र कर्मचारी, जनप्रतिनिधिलाई तलब दिने आम्दानीको स्रोत के छ ? नेपाल दुई करोड ९१ लख ६४ हजार ५७८ जनताको मातृभूमि हो । जनता खान नपाएर आत्महत्या गर्छन् ।

ऋण तिर्न नसकेर वा उपचार गर्ने पैसा नभएर मर्छन् । रोजगारी नपाएर विदेशिन्छन् । खाडीमा रगत, पसिना बगाएर कमाउँछन् । रोजगारीको सिलसिलामा कानूनी र गैरकानूनी रुपमा विदेश गएका नेपाली झण्डै करोडको हाराहारीमा छन् । तर, नेताहरु चाँहि त्यहँी जनताको करमा मोजमस्ती गर्दै आइरहेका छन् । जनताले यत्रो वर्षदेखि तिरिआएको कर छैन । विदेशसँग लिएको त्यत्रो ऋण पनि छैन ।

विदेशबाट नेपालीले पठाएको रेमिट्यान्स पनि छैन । त्यतिले नपुगेर सरकारी, सार्वजनिक, गुठी, ऐलानी, मठमन्दिर, हदबन्दी बढीका जग्गामाथि समेत आँखा लगाइयो । देशभरका सरकारी सम्पत्ति व्यक्तिको नाममा गएको अवस्था छ । अहिले राज्य कंगाल छ । अनि देश र जनताको यही अवस्था बनाउन शीर्ष नेताहरुले लोकतन्त्र गणतन्त्र ल्याएका रहेछन् । जेल बसेका रहेछन्, मान्छे मारेका रहेछन् ।

प्रधानमन्त्री ओलीले प्रायजसो भन्ने गर्छन्–देशको व्यवस्था फेर्न म १४ वर्ष जेलमा बसे । उनी देशको होइन्, आफ्नो अवस्था फेर्न चाँहि जेल बसेका हुन् । हिजो चप्पलसमेत लगाउन नसक्ने अवस्थाका उनी अहिले कस्तो जीवन बिताइरहेका छन् ? सबैले देखेका छन् । उनको हातमा घडी मात्र तीन करोडको छ । उनी दैनिक पानी मात्र ७० हजारको पिउँछन्, त्यो पनि विदेशबाट ल्याएर ।

ओलीले लगाउने हरेक कपडा लाखौंको हुने गर्छ । उनको जुत्ता पनि लाखौंको हुन्छ । भक्तपुरको बालकोटमा दशौं रोपनी जग्गामा महलजस्तो घर बनाएका छन् । मिठा मिठा खान्छन्, लगाउँछन् । अनि उनी देश र जनताको अवस्था फेर्न जेल बसेका रहेछन् कि आफ्नो जीवन फेर्न ? त्यसो त ओली मान्छे मारेको कसुरमा जेल गएका हुन्, नाकि देशमा परिवर्तन ल्याउन ।

कांग्रेस सभापति देउवा पनि भन्ने गर्छन्, म जेल बसेर यो व्यवस्था आएको हो । यो व्यवस्था ल्याउन आफ्नो जिब्रोमा करेन्ट लगाइएको उनको भनाइ छ । देउवाको काठमाडौंको बुढानिलकण्ठमा आलिशान घर छ । श्रीमती डा. आरजू राणालाई परराष्ट्रमन्त्री बनाएका छन् । छोराको नाममा खर्बौको सम्पत्ति राखेका छन् ।

देउवा बिहानैदेखि विदेशी रक्सी खाएर बस्छन् भन्ने पनि सुनिन्छ । अनि उनी पनि देशको अवस्था फेर्न जेल बसेका रहेछन् कि आफ्नो जीवनस्तर सुधार्न ? माओवादी अध्यक्ष प्रचण्डको कमाण्डरमा ०५२ फागुन १ गते जनयुद्ध शुरु भयो । दश वर्ष चलेको जनयुद्धमा १७ हजार सर्वसाधारण शहिद भए । हजारौं अंगभंग, घाइते भए, हजारौं अझै बेपत्ता छन् ।

जनयुद्धमा राज्यलाई ठूलो घाटा भयो । खर्बौको सम्पत्ति तहसनहस भयो । शोषक, सामान्तीको अन्त्य गर्न आफूले जनयुद्ध गरेको प्रचण्डले दाबी गर्ने गरेका छन् । तर, अहिलेको अवस्था हेर्दा उनी नै शोषक, सामानती देखिन्छन् । प्रचण्डको हातमा अहिले ७८ लाखको घडी छ । उनले लगाउने हरेक कपडा लाखौंको हुन्छ । उनको जीवनशैली निकै महँगो छ । छोरालाई मेयर, बुहारीलाई मन्त्री र भाईलाई राष्ट्रिय सभा अध्यक्ष बनाएका छन्, प्रचण्डले ।

हुँदाहुँदै जाँड खाएर ट्वाइलेटमै लड्ने पनि उनी नै हुन् । अनि उनले देश र जनताको लागि जनयुद्ध गरेका रहेछन् कि अरुले खाएको देखेर आफूले पनि देश र जनता लुट्न ? नेकपा एसका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल बैंकको जागिर छोडेर राजनीतिमा आएका हुन् । आफू त्यागी नेता भएको उनी बताउँछन् ।

काभ्रेको साँगास्थित आठ सय १५ रोपनी सरकारी जग्गा भारतीय कम्पनी पतञ्जलीलाई दिने, धुलिखेलको ८८ रोपनी, काठमाडौंको कालोपुलको १३ रोपनीसहित देशका विभिन्न जिल्लाका सरकारी, सार्वजनिक वा हदबन्दी बढीका जग्गा मन्त्रिपरिषद्मार्फत व्यक्तिलाई दिने निर्णय गरेर उनले अर्बौ घुस खाएका छन् । उनले देश र जनताको सेवा गर्न बैंकको जाथिर छोडेर राजनीति चुनेका रहेछन् कि अरुजसरी लुट्न ? यसबाटै प्रष्ट हुन्छ ।

डा.बाबुराम भट्टराई इन्जिनियर ह्ुन् । ०५२ मा प्रचण्डसँगै उनी पनि भूमिगत गएका थिए । उनी किन भूमिगत गएका रहेछन् ? भन्ने कुरा अहिले खुल्दै गएको छ । आफ्नी पत्नीलाई मन्त्री बनाउन, छोरीलाई राजनीतिमा ल्याउन, अकुत सम्पत्ति जोड्न । पूर्वप्रधानमन्त्री झलनाथ खनाल पहिलो पटक सूचना तथा सञ्चारमन्त्री भएका थिए ।

देशभरका सरकारी, सार्वजनिक, गुठी, जंगल, हदबन्दी बढीका जग्गामा गुम्बा बनाउने निर्णय उनले मन्त्रिपरिषद्मार्फत स्वीकृत गराए । दलाल, बिचौलिया वा सीमित व्यक्तिको चाहनाअनुरुप खनालले यो निर्णय गरेका थिए । त्यसबापत उनले अर्बौ घुस पाए र काठमाडौंको ढल्कुमा रोपनीका रोपनी जग्गामा महलजस्तो घर बनाएका छन् ।

जनताले तिरेको ५० करोड कर सर्प पाल्न भन्लै दियो । यतिमात्र होइन, आफ्नो छोरालाई इन्जिनियर बनाए अनि बिरामी हुँदा भारतमा उपचार ल्याएर जनताले तिरेको करोडौं कर खर्च गरे । पूर्वराष्ट्रपतिद्धय डा.रामवरण यादव, विद्यादेवी भण्डारी र वर्तमान राष्ट्रपति रामचन्द्र पौडेल पनि विगतमा केही पनि नभएकाहरु हुन् ।

तर, राजनीतिमा आएपछि अर्बौको सम्पत्ति जोडेका छन् । पदमा पुग्दा पटकपटक सरकारी खर्चमा विदेश भ्रमणमा गए । अहिले मुलुकमा थुप्रा राजनैतिक दल छन् । देश र जनताको सेवा गर्ने भन्दै आएका अनगिन्ती छन् । चित्रबहादुर केसीदेखि प्रेम सुवाल होस् या मधेशी दलहरु बाहिर देश र जनताको वकालत गर्छन्, भित्र चाँहि शीर्ष दल र नेता चाँहि भ्रष्टाचारमा लिप्त छन् ।

यता, पुराना दल र बुढा नेताले केही गरेन भन्दै राजनीतिमा होमिएका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेसहित उनको पार्टी नै ठगीलगायत गैरकानूनी गतिविधिमा संलग्न देखिन्छ । रवि त सहकारी ठगीकै कसुरमा जेल बसिरहेका छन् । उनका पार्टीमा हरेक नेता केही न केही काण्डमा मुछिएका छन् ।

टुक्रा–टुक्रा भइसकेको नेपाल पृथ्वीनारायाण शाहले एकीकरण गरेर बचाए । विडम्बना, राजनैतिक दल र नेताहरुले मुलुक विदेशीलाई बेचिसक्दासमेत पूर्वराजा ज्ञानेन्द्र शाह मुखमा बोझो लगाएर बसेका छन् । आफूलाई राज्यले दिँदै आएको सेवासुविधा खोसिने डरले उनी मौन छन् । उनी एउटै वंशको भएर के गर्नु ? जब देश र जनताभन्दा सेवासुविधा प्यारो भएपछि । पूर्वराजा ज्ञानेन्द्र मात्र होइन, जनता पनि नेताहरुले देशै बेच्दासमेत चुप छन् ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *