काठमाडौं । चर्चित लोक तथा दोहोरी गायक खुमन अधिकारीको नयाँ गीत ‘सरी मायालु’ सार्वजनिक भएको छ। अधिकारी र गायिका शान्ता रानी परियारको स्वर रहेको उक्त…
एनआईसी एसिया बैंककाे लिलामीमा रहेका सम्पत्तिबारे जानकारी अनलाइन पोर्टलमा
काठमाडौँ । एनआईसी एसिया बैंकले लिलामीमा रहेका बैंकिङ र गैर-बैंकिङ सम्पत्ति तथा धितोमा राखिएका सम्पत्तिसमेतको विस्तृत जानकारी दिनका लागि एक अनलाइन पोर्टल सञ्चालनमा ल्याएको छ। यस पोर्टलले ग्राहकहरूलाई लिलामीका सम्पत्तिबारे सबै आवश्यक सूचना सहज रूपमा उपलब्ध गराउने लक्ष्य राखेको छ।
ग्राहकहरूले लिलामीसम्बन्धी सूचनामा रहेको क्यूआर कोड स्क्यान गरेर वा सीधा https://auctionassistance.nicasiabank.com मा गएर यो पोर्टल हेर्न सक्छन्। पोर्टलमा लिलामीमा राखिएका सम्पत्तिको कित्ता नम्बर, क्षेत्रफल, फोटो, नक्सा र गुगल म्यापसहितको विस्तृत विवरण राखिएकाे छ।
यदि कुनै सम्पत्तिबारे थप जानकारी चाहिएमा, इच्छुक ग्राहकले सोही सम्पत्तिको विवरण रहेको ठाउँमा उपलब्ध म्यासेज बक्समा आफ्नो नाम, इमेल, मोबाइल नम्बर र ठेगाना भरेर सोधपुछ गर्न सक्छन्।
बैंकका सहायक प्रमुख कार्यकारी अधिकृत (प्रमुख सूचना अधिकारी) अर्जुन राज खनियाका अनुसार, यस अनलाइन पोर्टलमा लिलामीका सम्पत्ति र अन्य सूचनाहरू नियमित रूपमा प्रकाशित गरिनेछ। यसबाट इच्छुक ग्राहकहरूले घरमै बसी बसी विस्तृत जानकारी प्राप्त गरी लाभ लिन सक्नेछन्।






