काठमाडौं । चर्चित लोक तथा दोहोरी गायक खुमन अधिकारीको नयाँ गीत ‘सरी मायालु’ सार्वजनिक भएको छ। अधिकारी र गायिका शान्ता रानी परियारको स्वर रहेको उक्त…
एनआईसी एशिया बैंकका ग्राहकलाई अन्नपूर्ण न्युरो अस्पतालमा १० प्रतिशत छुट
काठमाडौं । एनआईसी एशिया बैंकका ग्राहकले अब अन्नपूर्ण न्युरोलोजिकल इन्स्टिच्युट एण्ड एलाइड साइन्स (अन्नपूर्ण न्युरो अस्पताल) मा स्वास्थ्य उपचार गर्दा १० प्रतिशत छुट सुविधा पाउने भएका छन्।
बैंक र अस्पतालबीच भएको सम्झौतापछि एनआईसी एशिया बैंकका ग्राहकले काठमाडौंस्थित अन्नपूर्ण न्युरो अस्पतालमा डिजिटल भुक्तानीमार्फत सेवा लिँदा छुटको सुविधा पाउने भएका हुन्।
यसअन्तर्गत In house Pathology, Outsourcing Test, Radiology, Ambulance, General Bed Charge, ICU तथा Surgery Charge सेवामा १० प्रतिशत छुट उपलब्ध हुने जनाइएको छ।
उक्त सहकार्यले बैंकका ग्राहकलाई स्वास्थ्य उपचारमा प्रत्यक्ष सहयोग हुने मात्र नभई मुलुकमा डिजिटल भुक्तानी प्रवर्द्धन गर्न र नगदरहित कारोबार विस्तार गर्न पनि योगदान पुग्ने बैंकले विश्वास व्यक्त गरेको छ।






