काठमाडौं । चर्चित लोक तथा दोहोरी गायक खुमन अधिकारीको नयाँ गीत ‘सरी मायालु’ सार्वजनिक भएको छ। अधिकारी र गायिका शान्ता रानी परियारको स्वर रहेको उक्त…
एनआईसी एशिया बैंकका ग्राहकलाई माउन्टेन ग्लोरी फरेष्ट रिसोर्ट एण्ड स्पामा १० प्रतिशत छुट
पोखरा । एनआईसी एशिया बैंकका ग्राहकले अब पोखरास्थित माउन्टेन ग्लोरी फरेष्ट रिसोर्ट एण्ड स्पामा विशेष छुट सुविधा पाउने भएका छन्। यस सम्बन्धमा बैंक र रिसोर्टबीच सम्झौता सम्पन्न भएको बैंकले जनाएको छ।
सम्झौताअनुसार, बैंकका ग्राहकले रिसोर्टको खाना तथा पेय पदार्थ, स्पा र आवास सेवामा डिजिटल भुक्तानी गर्दा १० प्रतिशत छुट प्राप्त गर्न सक्नेछन्। यसका लागि ग्राहकले बैंकको डेबिट कार्ड, क्रेडिट कार्ड, प्रिपेड कार्ड वा मोबैंक (MoBank) एपमार्फत भुक्तानी गर्नुपर्नेछ।
बैंकले यो सहकार्यले ग्राहकलाई छुट सुविधा उपलब्ध गराउनुका साथै मुलुकमा डिजिटल भुक्तानी सेवा प्रवर्द्धन र नगदरहित कारोबारको विकासमा योगदान पुर्याउने विश्वास व्यक्त गरेको छ।






