What To Know नेपाली चलचित्र क्षेत्रका महानायक राजेश हमालको जीवन, अभिनय, व्यक्तित्व र बोली दशकौंदेखि लाखौं दर्शकको मनमा बसेको छ। उनी एक सफल कलाकार मात्र…

सांसदकै अराजक व्यवहारले संसद तहसनहस : अब्दुल सत्तार
What To Know
- आफ्नै गृह प्रदेश गण्डकीमा बजेटले ल्याएको तितरबिरतरको परिस्थितीका बिषयमा प्रश्न गर्दा उनले गण्डकीमा मात्र हैन सिंगो बजेटनै सन्तोष जनक नभएको भन्दै जनतामुखी बजेट आजको आबश्यकता रहेको उल्लेख गरे । गण्डकी प्रदेशका प्रमुखले गृह जिल्लामा बजेट थोपरेको आरोप खेपीरहेका बेला यता सत्तार भने यसो हुनुमा मुख्यमन्त्री सुरेन्द्र पाण्डेका कारण मात्र नभई अघिल्ला दुई पुर्व प्रधानमन्त्रीको निर्वाचन क्षेत्र पनि रहेकाले यसको केही प्रभाब होला तर गोर्खाले पाएको बजेट त्यति हाउगुजी गर्नु पर्ने खालको नभएको टिप्पणी गरेका छन् ।.
- भिषामा खाडी मुलुक गएर नेपाल फर्कने गरेका युवालाई लक्षीत गरेर सरकारले चिन्ता गर्नुको कुनै औचित्य नभएको बताउछन् । पिरआर र टिआरसीका लोभको शैखिन जिवनको आशामा परदेश भासिने युवाका कारण देशमा युवा शक्तिको अभाव हुन थालेको प्रति सरकार चिन्तित हुन पर्ने बताउछन् ।.
स्वस्तिका पन्थी
काठमाडाैं । संघीय संसदमा चलेको सांसदको अस्वस्थ प्रस्तुतीकरणको टिप्पणी गर्दै नेपाली कांग्रसेका केन्द्रिय सदस्य अब्दुल सत्तारले अराजकताको संज्ञा दिएका छन् । पछिल्लो समय संघ देखि प्रदेश सम्म २०८२÷ ८३ को सार्वजानिक बजेटका बिषयमा संसद बैठकको रोष्टममा सांसदले उभिएर दिएको अभिव्यक्ति प्रति लक्षित गर्दै उनले यस्तो बताएका हुन । कान्छाराम तामाड., अमरेश कुमार , सुनिल शर्मा लगायतका सांसद प्रति लक्षित गर्दै उनले यस्तो बताएका हुन । कुराकानीका क्रममा मा सत्तारले कान्छाराम तामाड.मा बच्चपना देखिएको टिप्पणी समेत गरे ।
आफ्नै गृह प्रदेश गण्डकीमा बजेटले ल्याएको तितरबिरतरको परिस्थितीका बिषयमा प्रश्न गर्दा उनले गण्डकीमा मात्र हैन सिंगो बजेटनै सन्तोष जनक नभएको भन्दै जनतामुखी बजेट आजको आबश्यकता रहेको उल्लेख गरे । गण्डकी प्रदेशका प्रमुखले गृह जिल्लामा बजेट थोपरेको आरोप खेपीरहेका बेला यता सत्तार भने यसो हुनुमा मुख्यमन्त्री सुरेन्द्र पाण्डेका कारण मात्र नभई अघिल्ला दुई पुर्व प्रधानमन्त्रीको निर्वाचन क्षेत्र पनि रहेकाले यसको केही प्रभाब होला तर गोर्खाले पाएको बजेट त्यति हाउगुजी गर्नु पर्ने खालको नभएको टिप्पणी गरेका छन् ।
कुराकनीकै क्रममा सत्तारले युवा मुखी बजेट नआउनु दुस्खद रहेको उल्लेख गरे । युवा पलायनका नाममा जिविको पार्जनकै लागी दुई बर्षे वर्किड. भिषामा खाडी मुलुक गएर नेपाल फर्कने गरेका युवालाई लक्षीत गरेर सरकारले चिन्ता गर्नुको कुनै औचित्य नभएको बताउछन् । पिरआर र टिआरसीका लोभको शैखिन जिवनको आशामा परदेश भासिने युवाका कारण देशमा युवा शक्तिको अभाव हुन थालेको प्रति सरकार चिन्तित हुन पर्ने बताउछन् ।