What To Know नेपाली चलचित्र क्षेत्रका महानायक राजेश हमालको जीवन, अभिनय, व्यक्तित्व र बोली दशकौंदेखि लाखौं दर्शकको मनमा बसेको छ। उनी एक सफल कलाकार मात्र…

नेपाल पहिलो पटक विश्वकप महिला टी–२० को ग्लोबल छनोटमा
What To Know
- काठमाडौँ । नेपालले पहिलोपटक आइसिसी महिला टी–२० विश्वकपको ग्लोबल छनोटमा स्थान बनाएको छ। थाइल्यान्डमा जारी प्रतियोगिताको सुपर–३ चरणमा युएईलाई पाँच विकेटले पराजित गर्दै नेपालले यो सफलता हासिल गरेको हो।.
- यसअघि युएईका लागि कप्तान इशा ओजाले सर्वाधिक ३९ रन बनाइन्। तीर्थ सतिशले २१, हिना होटचन्दनीले २० र लाभन्या केनीले १२ रनको योगदान दिइन्। नेपालको बलिङमा मनिषा उपाध्यायले चार विकेट लिँदा कविता कुँवरले दुई र राजमती ऐरीले एक विकेट हात पारिन्।.
काठमाडौँ । नेपालले पहिलोपटक आइसिसी महिला टी–२० विश्वकपको ग्लोबल छनोटमा स्थान बनाएको छ। थाइल्यान्डमा जारी प्रतियोगिताको सुपर–३ चरणमा युएईलाई पाँच विकेटले पराजित गर्दै नेपालले यो सफलता हासिल गरेको हो।
सुपर–३ चरणमा शीर्ष दुईमा स्थान बनाउँदै नेपाल ग्लोबल छनोटमा पुग्न सफल भएको हो। अब नेपालले यसै वर्ष आयोजना हुने ग्लोबल छनोट खेल्नेछ।
ग्लोबल छनोटमा नेपालसहित १० टोली सहभागी हुनेछन्। त्यसमध्ये शीर्ष चार टोलीले सन् २०२६ मा इङ्ल्यान्डमा हुने आइसिसी महिला टी–२० विश्वकपमा स्थान बनाउने छन्।
आज थाइल्यान्डको टेर्डथाइ क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको युएईले निर्धारित २० ओभरमा सात विकेट गुमाएर ११४ रन बनायो। नेपालले ११५ रनको लक्ष्य १९ दशमलव ३ ओभरमा पाँच विकेट गुमाउँदै पूरा गर्यो।
नेपालका लागि कप्तान इन्दु बर्माले अविजित ३० रनको उत्कृष्ट पारी खेलिन्। रुविना क्षेत्रीले २३, सम्झना खड्काले २१, पुजा महतोले १३, राजमती ऐरीले ८ तथा रुवि पोदारले अविजित ६ रन जोडिन्।
युएईका लागि बलिङमा मिसेल बोथ, सुरक्षा कोटे, वैष्णभी महेश र कप्तान इशा ओजाले एक/एक विकेट लिए।
यसअघि युएईका लागि कप्तान इशा ओजाले सर्वाधिक ३९ रन बनाइन्। तीर्थ सतिशले २१, हिना होटचन्दनीले २० र लाभन्या केनीले १२ रनको योगदान दिइन्। नेपालको बलिङमा मनिषा उपाध्यायले चार विकेट लिँदा कविता कुँवरले दुई र राजमती ऐरीले एक विकेट हात पारिन्।
सुपर–३ को पहिलो खेलमा थाइल्यान्डले युएईलाई ५४ रनले हराउँदै ग्लोबल छनोटमा स्थान पक्का गरिसकेको छ। अब नेपालले सुपर–३ को अन्तिम खेल मंगलबार थाइल्यान्डसँग खेल्नेछ।