What To Know नेपाली चलचित्र क्षेत्रका महानायक राजेश हमालको जीवन, अभिनय, व्यक्तित्व र बोली दशकौंदेखि लाखौं दर्शकको मनमा बसेको छ। उनी एक सफल कलाकार मात्र…

एनआईसी एशिया बैंकद्वारा खातामा प्यान अद्यावधिक गर्न ग्राहकलाई आग्रह
What To Know
- काठमाडौं । एनआईसी एशिया बैंकले आफ्ना ग्राहकलाई खातामा स्थायी लेखा नम्बर (प्यान) अद्यावधिक गर्न आग्रह गरेको छ। लाखौं ग्राहक माझ गतिशील बैंकिङ सेवा प्रदान गरिरहेको बैंकले आयकर ऐन, २०५८ अनुसार आन्तरिक राजश्व विभागद्वारा सञ्चालनमा ल्याइएको प्यान प्रणालीमा खाताबाट गरिएको कर कट्टीको विवरण समावेश गर्न आवश्यक भएकाले यस्तो अनुरोध गरिएको जनाएको छ।.
- बैंकका अनुसार निक्षेपकर्तालाई दिइने ब्याजबाट काटिएको कर विवरण E-TDS रेकर्ड मा समावेश गर्न प्यान आवश्यक हुन्छ। प्यान अद्यावधिक भएपछि कर विवरण स्वचालित रूपमा अनुसूची १० मा मिलान हुने भएकाले करकट्टी प्रमाणपत्र र कर चुक्ता प्रमाणपत्र सजिलै प्राप्त गर्न सकिने बैंकको भनाइ छ। यसरी प्रमाणपत्र लिन बैंकसम्म पुग्नुपर्ने झन्झट पनि हट्ने विश्वास बैंकले लिएको छ।.
काठमाडौं । एनआईसी एशिया बैंकले आफ्ना ग्राहकलाई खातामा स्थायी लेखा नम्बर (प्यान) अद्यावधिक गर्न आग्रह गरेको छ। लाखौं ग्राहक माझ गतिशील बैंकिङ सेवा प्रदान गरिरहेको बैंकले आयकर ऐन, २०५८ अनुसार आन्तरिक राजश्व विभागद्वारा सञ्चालनमा ल्याइएको प्यान प्रणालीमा खाताबाट गरिएको कर कट्टीको विवरण समावेश गर्न आवश्यक भएकाले यस्तो अनुरोध गरिएको जनाएको छ।
ग्राहकले panupdate.nicasiabank.com मा गई वा NIC ASIA MoBank मोबाइल एप को “PAN Update” विकल्प प्रयोग गरी प्यान अद्यावधिक गर्न सक्नेछन्। साथै, ग्राहकलाई सजिलो होस् भनेर नजिकको शाखा कार्यालयबाट समेत प्यान अद्यावधिकको व्यवस्था गरिएको बैंकले जनाएको छ।
बैंकका अनुसार निक्षेपकर्तालाई दिइने ब्याजबाट काटिएको कर विवरण E-TDS रेकर्ड मा समावेश गर्न प्यान आवश्यक हुन्छ। प्यान अद्यावधिक भएपछि कर विवरण स्वचालित रूपमा अनुसूची १० मा मिलान हुने भएकाले करकट्टी प्रमाणपत्र र कर चुक्ता प्रमाणपत्र सजिलै प्राप्त गर्न सकिने बैंकको भनाइ छ। यसरी प्रमाणपत्र लिन बैंकसम्म पुग्नुपर्ने झन्झट पनि हट्ने विश्वास बैंकले लिएको छ।
प्यान अद्यावधिक नगरिई कर विवरण E-TDS मा दाखिला नभएमा र पछि ब्याजकर समायोजन गर्नु परेमा त्यसको जिम्मेवारी बैंकले नलिने बैंकका सहायक प्रमुख कार्यकारी अधिकृत (प्रमुख सूचना अधिकारी), अर्जुन राज खनियाद्वारा जारी विज्ञप्तीमा स्पष्ट गरिएको छ।
यसअघि प्यान बुझाइसकेका ग्राहकले पनि आफ्नो विवरण समावेश नभएको खण्डमा बैंकको नजिकको शाखा वा ग्राहक सम्पर्क केन्द्र (१६६०–०१–७७७७१, ०१–५९७०१०१) मा सम्पर्क गर्न बैंकले अनुरोध गरेको छ।