अाफूमाथिकाे अपमानपछि प्रकाश पत्नी सिर्जनाको प्रश्न ‘छोरा हुने श्रीमती नहुने ?’

काठमाडाैँ । नेकपा अध्यक्ष प्रचण्ड ललितपुरकाे खुमलटारस्थित निवासमा सोमवार छोरा प्रकाश दाहालको प्रथम पुन्य तिथीमा एक कार्यक्रमकाे अायाेजना भयाे  । जहाँ छाेरालार्इ सम्झिएर प्रचण्ड स्वयम भक्कानिए, भने परिवारजन मात्र हाेइन उपस्थित धेरैका अाँखा रसाए । सीता दाहाल अझै बिक्षिपत छिन् अामाकाे मन न हाे राेइरन्छ । कार्यक्रममा अधिकांश दलका शिर्ष नेताहरू, पूर्वप्रधानमन्त्रीहरू देखि सर्वसाधरणकाे पनि बाक्लाे उपस्थिति रहेकाे थियाे ।

कार्यक्रममा प्रकाशबारे भिडियाे सामाग्री प्रस्तुत गरिएकाे थियाे भने सँगै स्मृति पुस्तक पनि सार्वजनिक भयाे । भाबुक प्रचण्ड बिक्षिप्त परिवारलार्इ देखेर दुखी भएकाहरूलार्इ अाक्राेशित बनाउने त्यही कार्यक्रमकाे अर्काे दृश्य सार्वजनिक भएकाे छ ।प्रचण्ड निवासकाे उक्त कार्यक्रममा बुहारी सिर्जनामाथि अपमानजनक व्यवहार भएको खुलेको छ । खानेपानी मन्त्रीसमेत रहेकी प्रचण्डकी बुहारी बिना मगरले सिर्जनालाई अपमान गरेको  मंगलबार बिभिन्न सञ्चार माध्यमहरूले समाचार लेखेका छन् ।

सोमबारको कार्यक्रम हुँदा मञ्चको दोस्रो लहरमा मोहन वैद्यसँगै प्रचण्डका छोरी रेणु, गंगा र बुहारी बिना बसेका थिए । परिवार कै एक सदस्य सिर्जना त्रिपाठी जाे प्रकाशकी पत्नी हुन् उनलार्इ भने मञ्चमा लगिएन  वा बस्न दिइएन उनी एक कुनामा बसेर धुरूधुरू राेइरहिन् । यतिमात्र हाेइन प्रज्ञा स्मृति प्रतिष्ठानले प्रकाशन गरेकाे ‘प्रकाश दाहाल’ स्मृति पुस्तकमा समेत सिर्जनाकाे नाम समाबेस गरिएकाे छैन ।

प्रकाशको ‘स्मृति पुस्तक’मा आफ्नो नाम नराखिएको प्रति सिर्जनाले आपत्ति जनाएकी छन् ।  पुस्तकमा राखिएकाे प्रकाश दाहाल बारे संक्षिप्त परिचयमा आफूमाथि सौता आएकी बीना मगरको नाम पत्नीको नाममा उल्लेख गरेर आफ्नो नाम नभेटेपछि आफू निकै दुःखी भएको उनले सञ्चारकर्मीसँगकाे कुराकानीमा बताएकी छिन् । एक अनलाइनसँग कुरा गर्दै उनले भनेकी छिन्, ‘मैले जन्माएको छोरा हुने, मचाहिँ नहुने । कस्तो अचम्म ।’ प्रकाशको संक्षिप्त परिचयमा सिर्जनातर्फका छोरा प्रसिद्धको नाम भने उल्लेख गरिएकाे छ ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *