What To Know नेपाली चलचित्र क्षेत्रका महानायक राजेश हमालको जीवन, अभिनय, व्यक्तित्व र बोली दशकौंदेखि लाखौं दर्शकको मनमा बसेको छ। उनी एक सफल कलाकार मात्र…

भाषाविद् चूडामणि गौतमको निधन
काठमाडौं । प्रख्यात भाषाविद् चूडामणि गौतमको निधन भएकाे छ । ८२ वर्षको उमेरमा सोमबार काठमाडौंमा उपचारका क्रममा निधन भएको हाे । पारिवारिक स्रोतका अनुसार उहाँ केही समयदेखि अस्वस्थ हुनुहुन्थ्यो।
गौतम नेपाली भाषाको व्याकरण, शब्दकोश तथा अंग्रेजी व्याकरणसम्बन्धी चार दर्जनभन्दा बढी पुस्तकका लेखक हुनुहुन्थ्यो। भाषिक तथा शैक्षिक उत्थानमा सक्रिय उहाँ ‘ग्रामर गुरु’ उपनामले समेत परिचित हुनुहुन्थ्यो।