नेपाली चलचित्र क्षेत्रका महानायक राजेश हमालको जीवन, अभिनय, व्यक्तित्व र बोली दशकौंदेखि लाखौं दर्शकको मनमा बसेको छ। उनी एक सफल कलाकार मात्र होइनन्, एक संवेदनशील,…
पाल्पामा युवतीको शव फेला
पाल्पाको तिनाउँ गाउँपालिका वडा नं १ झिङ्गामारा जंगलमा एकजना युवतीको शव फेला परेको छ । बोलबम सामुदायिक वनको जंगलमा सोही स्थान बस्ने वर्ष ३१ की साइली राईको शव फेला परेको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ । शव भेटीएको छ भन्ने सूचनाको आधारमा प्रहरी निरिक्षक अमृत भण्डारीको कमाण्डमा खटिएको प्रहरी टोलीले शव फेला पारेको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी नायब उपरिक्षक विनोद घिमिरेले जानकारी दिनुभयो । राईको शव सडेकाले पोष्टमार्टम गर्न नमिल्ने अवस्थामा पुगे पनि परिवारले सनाखत गरेका कारण मृतक राइको शव परिवारको जिम्मा लगाइएको प्रहरी नायब उपरिक्षक घिमिरेले बताउनु भयो । घटना बारे थप अनुसन्धान भइरहेको छ ।