यू-१९ विश्वकप क्रिकेट : जीतबिहीन हुँदै समूह चरणबाटै बाहिरियाे नेपाल

What To Know

  • अस्ट्रेलियाका लागि हस्रत गिल, जुलिटी मोर्टन र लिली बसिङ्थवेटले दुई-दुई तथा क्लोई अन्सवर्थ एक विकेट लिए।.
  • नेपालका लागि पूजा महतोले तीन, सिमाना केसीले दुई र रिया शर्माले एक विकेट लिए। अन्य बलर महँगा सावित भए।.

काठमाडाैं । अस्ट्रेलियासँग पराजित भएसँगै नेपाल आईसीसी महिला यू-१९ विश्वकपबाट बाहिरिएको छ।

मलेशियाको क्वालालम्पुरमा बुधबार भएको खेलमा नेपाल अस्ट्रेलियासँग ८३ रनले पराजित भएको हो। अस्ट्रेलियाले दिएको १४० रनको लक्ष्य पछ्याउने क्रममा नेपालले आठ विकेटको क्षतिमा ५६ रन मात्रै बनाउन सक्यो।

नेपालका लागि पूजा महतोले १८ रन बनाइन्। अन्य खेलाडीले भने दोहोरो अंकमा रन जोड्न सकेनन्।

अस्ट्रेलियाका लागि हस्रत गिल, जुलिटी मोर्टन र लिली बसिङ्थवेटले दुई-दुई तथा क्लोई अन्सवर्थ एक विकेट लिए।

यसअघि टस जितेर ब्याटिङ गरेको अस्ट्रेलियाले ६ विकेटको क्षतिमा १३९ रन बनाएको हो। अस्ट्रेलियाका लागि क्यामी ब्रेले ४५, इलेनर ल्यारोसाले ३१, हस्रत गिलले ३० र क्लोई अन्सवर्थले १६ रन बनाए।

नेपालका लागि पूजा महतोले तीन, सिमाना केसीले दुई र रिया शर्माले एक विकेट लिए। अन्य बलर महँगा सावित भए।

समूह ‘डी’ मा रहेको नेपाल लिग चरणका तीनै खेल हारेर प्रतियोगिताबाट बाहिरिएको छ। यो समूहबाट अस्ट्रेलिया, बाङ्लादेश र स्कटल्यान्ड दोस्रो चरणमा पुगेका छन्।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *