नेपाली चलचित्र क्षेत्रका महानायक राजेश हमालको जीवन, अभिनय, व्यक्तित्व र बोली दशकौंदेखि लाखौं दर्शकको मनमा बसेको छ। उनी एक सफल कलाकार मात्र होइनन्, एक संवेदनशील,…

रुपन्देही जिल्ला अदालतमा सभापति रवि लामिछानेको बयान
बुटवल । रुपन्देही जिल्ला अदालतमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको बयान सुरु भएको छ । बुधवार न्यायाधीश प्राल्हदकुमार योगीको इजलासमा बयान सुरु भएको हो ।
बिहान अदालतले गोलापर्था गर्दा ५ नम्बर इजलासमा रविको मुद्दा परेको थियो । जिल्ला अदालत रुपन्देहीका सूचना अधिकारी अनन्त मरासिनीले फाइल रुजु गरेपछि बल्ल बयान सुरु भएको जानकारी दिए । उनले बयान साँझसम्म चल्ने बताए ।
रुपन्देहीमा रविसहित २२ जनाविरुद्ध मुद्दा परेको थियो । नारायणबहादुर पहारी सहितका सहकारीले पीडित दिएको जाहेरीका अधारमा आज रवि अदालत हाजिर भएका हुन्। बुटवलको सुप्रिम सहकारी अपचलनको मुद्दा दायर भएपछि बयानका लामिछाने बुटवल आएका हुन् ।