What To Know नेपाली चलचित्र क्षेत्रका महानायक राजेश हमालको जीवन, अभिनय, व्यक्तित्व र बोली दशकौंदेखि लाखौं दर्शकको मनमा बसेको छ। उनी एक सफल कलाकार मात्र…

यू-१९ विश्वकपमा नेपाल एक विकेटले पराजित
काठमाडाैं । आईसीसी महिला यू-१९ विश्वकपमा नेपाल एक विकेटले पराजित भएको छ।
मलेशियाको क्वालालम्पुरमा सोमबार भएको खेलमा नेपाल स्कटल्यान्डसँग पराजित गरेको हो। नेपालले दिएको ७४ रनको लक्ष्य स्कटल्यान्डले १८.४ ओभरमा नौ विकेट गुमाएर पूरा गरेको हो।
स्कटल्यान्डका लागि पिपा स्प्रउलले ३५ र गाब्रिला फन्टेनलाले १२ रन बनाइन्। नेपालका लागि रचना चौधरी र सीमाना केसीले दुई-दुई तथा पूजा महतो र क्रिस्मा गुरुङले एक-एक विकेट लिए।
यसअघि ब्याटिङ गरेको नेपालले १८.५ ओभरमा सबै विकेट गुमाएर ७३ रन बनाएको थियो। नेपालका लागि पूजा महतोले २७ र सावित्री धामीले १० रन बनाइन्।
स्कटल्यान्डका लागि मसी मेसिराले पाँच विकेट लिइन्। उनले ३.५ ओभरमा १५ रन मात्रै खर्चिइन्। त्यस्तै, अमी बाल्डी र नयमा शेखले दुई-दुई तथा क्रिस्टी म्याकोलले एक विकेट लिइन्।
नेपाल पहिलो खेलमा बाङ्लादेशसँग पराजित भएको थियो। अब नेपाल लिग चरणको अन्तिम खेलमा बुधबार अस्ट्रेलियासँग प्रतिस्पर्धा गर्नेछ।