रवि लामिछानेलाई धराैटीमा रिहा गर्न अदालतको आदेश

काठमाडौँ । कास्की जिल्ला अदालतले पूर्वगृहमन्त्री तथा रास्वपा सभापति रवि लामिछानेलाई ६५ लाख रुपैयाँमा धराैटीमा रिहा गर्न आदेश दिएको छ ।

यही पुस ७ गते जिल्ला सरकारी वकिलको कार्यालयले पोखराको सूर्यदर्शन सहकारीको रकम ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरणको अभियोगसहित रास्वपा सभापति लामिछानेलगायत ६३ जनाविरुद्ध मुद्दा दायर गरेको थियो ।

अन्तिम पटक पुस ७ गते पूरक अभियोगपत्र दर्ता गरेपछि पुस ८ गतेबाट कास्की जिल्ला अदालतका न्यायाधीश नीतिज राईको एकल इजलासमा प्रतिवादीको बयान र पुस १६ गतेदेखि थुनछेक बहस भएको थियो । दुवै तर्फको बहसपछि बिहीबार न्यायाधीश राईको इजलासले रवि लामिछानेलाई ६५ लाख रुपैयाँमा धराैटीमा रिहा गर्न आदेश दिएकाे हाे ।

साथै, साेही इजलासले प्रतिवादीहरु पूर्वडीआइजी छविलाल जोशीलाई पनि ८८ लाख रुपैयाँ, लीला पछाईंलाई ३७ लाख, राम खनाललाई १५ लाख, कृष्ण गुरुङलाई १ लाख, मीना गुरुङलाई ५ लाख र आरती गुरुङलाई ५ लाख रुपैयाँ धरौटीमा छोड्न आदेश दिएको छ ।

सूर्यदर्शनको रकम हिनामिना प्रकरणमा मूल अभियोग पत्र, थप अभियोग पत्र र पूरक अभियोग गरेर कुल ६३ जनालाई प्रतिवादी बनाइएको छ भने उनीहरुले १ अर्ब ५१ करोड ४० लाख १९ हजार १९४ रुपैयाँ ३ पैसा अपचलन गरेको दाबीसहित बिगो माग गरिएको छ । गत कात्तिक २ गते रवि लामिछाने पक्राउ परेका थिए ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *