हैदराबादको चंचलगुडा सेन्ट्रल जेलमा एक रात बिताएपछि अभिनेता अल्लु अर्जुन शनिबार बिहान रिहा भएका छन् । अल्लु अर्जुनको फिल्म ‘पुष्पा २ : द रुल’ को…
सहकारी ठगी प्रकरण: अञ्जला कोइराला १० लाख धरौटीमा रिहा
मोरङ । सहकारी ठगी प्रकरणमा मुछिएकी एमाले नेता तथा सार्वजनिक लेखा समिति सभापति ऋषिकेश पोखरेलकी पत्नी अञ्जला कोइराला १० लाख रुपैयाँ धरौटी बुझाएर रिहा भएकी छन्।
बुधबार मोरङ जिल्ला अदालतमा उपस्थित भएकी कोइरालालाई न्यायाधीश उद्धवप्रसाद भट्टराईको इजलासले १० लाख धरौटीमा छाड्न आदेश दिएको हो।
अञ्जला कोइरालामाथि मोरङको धनपालथान–३ स्थित उमागौरी सहकारी संस्थाको रकम अपचलनको अभियोग लागेको छ। जिल्ला सरकारी वकिलको कार्यालय, मोरङले गत मंसिर २७ गते सहकारीको झन्डै २२ करोड रुपैयाँ अपचलन गरेको आरोपमा अञ्जलासहित २६ जनाविरुद्ध मुद्दा दायर गरेको थियो।
फरार रहँदै आएकी उनी बुधबार जिल्ला अदालतमा उपस्थित भएकी हुन्।