हैदराबादको चंचलगुडा सेन्ट्रल जेलमा एक रात बिताएपछि अभिनेता अल्लु अर्जुन शनिबार बिहान रिहा भएका छन् । अल्लु अर्जुनको फिल्म ‘पुष्पा २ : द रुल’ को…
राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाबाट ८ दिनमा खिच्यो १ खर्ब ७० अर्ब
काठमाडौँ । नेपाल राष्ट्र बैंकले ८ दिनमा बैंक तथा वित्तीय संस्थाबाट १ खर्ब ७० अर्ब रुपैयाँ तानेको छ।बैंकले तीनपटक गरेर उक्त रकम तानेको हो।
बैंकले निक्षेप संकलनमार्फत जनवरी १ मा ४० अर्ब रुपैयाँ, जनवरी ५ मा ५० अर्ब खिचेको हो।
आज पनि राष्ट्र बैंकले ८० अर्ब रकम खिच्दै छ।बैंकले १४ दिने निक्षेप संकलन जारी गर्दै बोलबोलमार्फत उक्त रकम बैंक तथा वित्तीय संस्थाबाट तान्न लागेको हो।
यसअघि दुईपटक तान्दा भने राष्ट्र बैंकले २१ दिनका लागि निक्षेप संकलन गरको थियो।यो पटक भने बैंकले निक्षेपको समायवधि घटाएर १४ दिनका लागि मात्रै तान्न लागेको हो।